निर्वाचन आयोगले केही समयअघि निर्वाचनबारे जनचेतनामूलक एउटा म्युजिक भिडियो सार्वजनिक गरेको थियो । उक्त भिडियो सार्वजनिक हुनेबित्तिकै गायन, नृत्य र सन्देश तीनै पक्षलाई लिएर सामाजिक सञ्जालमा हँस्यौली भयो । भोलिपल्टै आयोगले उक्त म्युजिक भिडियो हटाएको जानकारी त दियो । तर, उक्त गीत आयोगकै आयुक्तद्वारा गाइएको, स्टोर–किपरले रचना गरेको र आफ्ना चिनजानका मान्छेलाई म्युजिक भिडियो बनाउन दिइएको खुलासा भयो ।