शक्ति गौचनलाई पराजित गर्दै रुपन्देही क्रिकेट संघमा हरिबहादुर थापा निर्वाचित
लामो उमेरसम्म क्रिकेट खेल्दै नेपालको क्रिकेट क्षेत्रमा महत्वपुर्ण भूमिका निभाएका क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी हरिबहादुर थापा निर्वाचित भएका छन् ।
रूपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी हरिबहादुर थापा निर्वाचित भएका छन् । पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनलाई २४ मत अन्तरले पछाडि पार्दै थापा अध्यक्ष बनेका हुन् ।
बुधबार साँझ सम्पन्न निर्वाचनमा थापाले ६४ र गौचनले ४० मत मात्र प्राप्त गरे ।
नेपाली क्रिकेटमा लोकप्रिय नाम हो, शक्ति गौचन । बल र ब्याटबाट कैयौँ पटक नेपाली क्रिकेटलाई ऐतिहासिक उपलब्धि दिलाएका शक्तिले एकल प्रदर्शनकै भरमा थुप्रै पटक नेपाललाई विश्व क्रिकेट माझ चिनाएका छन् । तर, मैदानबाहिर भने शक्तिको जादु चल्न सकेन । क्रिकेट संघको मत परिणामले त्यही देखा...
रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी हरिबहादुर थापा निर्वाचित भएका छन् । आज भैरहवामा सम्पन्न संघको चौथो अधिवेशनबाट ६४ मत प्राप्त गरी थापा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी क्रिकेटर शक्ति गौचनले ४० मत प्राप्त गरेका छन् ।त्यसैगरी उपाध्यक्षमा ६० मतसहित धीरज अधिकारी क्षेत्री, सचिवमा ६५ मतसहित सञ्जय गुरुङ र कोषाध्यक्षमा ५३ मतसहित निरजप्रताप खाँण निर्वाचित भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी राजु खड्काले ४४, दिपक शर्मा भुर्तेलले ३९ र दिपेन्द्र लाम्गादेले ४९ मत प्राप्त गरेका