बेलौरी नाका सञ्चालन गर्न माग

कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी भन्सारनाका सञ्चालन गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापनपत्र बुझाइएको छ । बेलौरी नगरपालिकाले सोमबार बेलौरी पुगेका परराष्ट्रमन्त्री साउदलाई भन्सार नाका विस्तारको माग अघि सारेर ज्ञापनपत्र  बुझाएको हो ।  बेलौरी नगरपालिका...

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक : चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा कोभिड–१९ पछि बन्द रहेका चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग गरिएको छ ।  बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको हालैको चीन भ्रमणका क्रममा चीनसँग जोडिएका दार्चुलाको टिङ्करलगायत विभिन्न नाका पुनः सञ्चालन हुने कुरा सुनिँदा खुसी लागेको बताए ।  उनले विगतमा प्रधानमन्त्रीको भ्रमणमा पनि नाका सञ्चालन हुने भनिएकामा हालसम्म के कारणले हुन नसकेको भन्ने  विषयमा परराष्ट्रमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पाल्पाको रानी महलको संरक्षण गर्न माग गरे । एमाले सांसद तारा लामा तामाङले उखु किसानलाई अनुदान उपलब्ध गराउन माग गरे ।  नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सर्भर डाउन भई सेवा अवरुद्ध हुनु दुर्भाग्य भएकाले यस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।  कांग्रेस सांसद बद्री पाण्डेले पहिरोबाट बाजुराबासीलाई प्रभावित गराएको र मार्तडीलगायतका क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका विषयमा सरकारको ध्यानाकर्षण गराए ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले बागलुड गोलकोटबासीलाई सदरमुकामा पुगेर सेवा लिन गाह्रो भएकाले त्यहाँ प्रशासनिक कार्यालय स्थापना गर्न माग गरे ।  शून्य समयमा सांसदहरू धवलशमशेर जबरा, वासुदेव घिमिरे, विन्ध्यवासिनी कङ्साकार, तेजुलाल चौधरी, दामोदर पौडेल वैरागी, दुर्गा राई, प्रदीप यादव, प्रमु हजारा, विनिता कठायत, ध्रुवबहादुर प्रधान, नागिना यादव, निर्मला कोइराला, नारायणप्रसाद आचार्य, निशा डाँगी, पूर्णबहादुर घर्ती मगर, प्रतिमा गौतम, प्रतीक्षा मुखिया, दिक्पालकुमारी शाही, दीपक गिरी, दीपा शर्मा, डा. तोसिमा कार्कीलगायतले समसामयिक विषय उठान गरे । रासस

ठोरी नाका खोल्न व्यवसायीको माग

चितवन। चितवनका उद्योगी व्यवसायीले आर्थिक गतिविधि चलायमान बनाउन ठोरी नाका खोल्न माग गरेका छन् । ठोरी नाका सञ्चालन, देशमा देखिएको आर्थिक मन्दी र पूर्वाधार निर्माणमा भएको ढिलासुस्तीको विषयमा उद्योग वाणिज्य संघ चितवनले राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ । उद्योग वाणिज्य संघ चितवनले आफ्नो कार्यालयमा चितवनका राजनीतिक दलका प्रमुखहरूलाई बोलाएर नाका सञ्चालनबारे ध्यानाकर्षण गर्दै समसामयिक विषयमा छलफल गरेको थियो । यो नाका सञ्चालनमा आए चितवनका उद्योग व्यवसायी र सर्वसाधारण नागरिकलाई धेरै सहज हुने संघको विश्वास छ । कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले वर्तमान आर्थिक मन्दी, ठोरी नाका सञ्चालन, पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, यातायातका साधनको पहुँच तथा व्यवस्थापन र व्यावसायिक अवस्थाबारे सबै राजनीतिक दलको ध्यानाकर्षण गराए । छलफलमा जिल्लास्थित राजनीतिक दलका नेताले सबैको उद्देश्य चितवनको आर्थिक विकास भएकाले साझा धारणा बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । छलफलमा हाल निर्माणाधीन गोन्द्राङ–पुलचोक सडक छिटो सम्पन्न गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने, पूर्वी चितवन, माडी र पश्चिम चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई यात्रु झार्ने र ओराल्ने गरी नारायणगढ बजार पुलचोक, पोखरा बसपार्क हुँदै बाइपास रोड परिक्रमा गराउने अवधारणा तय भएको छ । ठोरी नाका खुलाई सञ्चालनमा ल्याउन सम्बन्धित निकायमा पहल गर्न सबै राजनीतिक दलले मिलेर पहल गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमण : कोरला नाका खुलाउन मुस्ताङीको माग

बेनी (म्याग्दी)- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा निस्किएपछि कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ ।  चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सिमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको तयारीले मूर्तरूप लिन नसकिरहेको सन्दर्भमा प्रधानमन्त्रीको...

दार्चुलाको टिङ्कर ताक्लाकोट नाका सञ्चालन गर्न स्थानीय बासिन्दा र व्यवसायीको माग

दार्चुला - दार्चुलाको टिङ्कर ताक्लाकोट नाका सञ्चालन गर्न स्थानीय बासिन्दा र व्यवसायीले माग गरेका छन् । टिङ्कर नाका भएर दशकौँदेखि चीनको ताक्लाकोटसम्म परम्परागत व्यापार र आवागमन हुँदै आएकोमा सन् २०२० देखि कोभिड महामारीका कारण नाका बन्द छ । टिङ्कर नाका सञ्चालन नहुँदा दार्चुला जिल्लाको व्यास क्षेत्रका बासिन्दा र व्यापारीको जीविकोपार्जनमा असर परेको छ । नाका सञ्चालनको माग गर्दै व्यास गाउँपालिकाले केहीदिन अघि जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई मागपत्र नै बुझाएको छ । व्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले रसुवागढी...

हिल्सा नाका खुुलाउन माग

कोरोना महामारीका कारण बन्द भएको नेपाल र चीनबीचको हिल्सा नाका सञ्चालन गर्न हुम्लावासीले माग गरेका छन् । मानसरोवर कैलाश दर्शन गर्ने समय सुुरु भएको र नाका बन्द भएसँगै स्थानीयवासीको व्यापार व्यवसाय पनि प्रभावित भएकाले नाका पुनः सञ्चालन गर्न आग्रह गरिएको हो ।

नाकामा आवतजावत सहजीकरण गर्न माग गर्दै ज्ञापन पत्र

रुपन्देहीको कालीदह ककरहवा नाका सहित जिल्लाका सबै नाकाहरूमा आवतजावतमा सहजीकरण गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गरेको स्थानीयहरूले गराएका छन् । आइतबार लुम्बिनीका नागरिक समाजले रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र हस्तान्तरण गर्दै प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई पत्र पठाएको अक्रम खानले बताए ।उनले पछिल्लो समय समाजले प्रदेश सरकार देखी केन्द्र सरकारलाई नाका खुलाउन दवाव दिन सुरु गरेको बताए ।  छिटो भन्दा छिटो सीमा नाका सञ्चालन नगरे सबै व्यवसा

देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउन माग

चीनसँगको सीमा जोडिएको तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन् । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन हुँदै आएको छ ।   सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनुपर्ने माग राखेका हुन् । सङ्कटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा आइपरेका अनेकौँ विपद्ले निकै समस्या रहेको र नाका सञ्चालन नहुँदा व्यवसायीलगायतलाई समस्या परेको भन्दै दुबै सङ्घले नेपाल चीनबीचको व्यापारिक कारोवार अगाडि...

नाका सञ्चालन माग गर्दै बेलहियामा धर्ना

५ फागुन, बुटवल । भारतसंग जोडिएका सीमा नाकाहरु सञ्चालन गर्न माग गर्दै होटल र पर्यटन व्यवसायीले बेलहिया नाकामा धर्ना दिएका छन् । लामो समय सीमा नाका बन्द हुँदा होटल र पर्यटन व्यवसाय संकटमा परेकाले तत्काल सञ्चालन गर्न माग गर्दै व्यवसायीहरु धर्ना बसेका हुन् । कोरोना महामारीका कारण सीमा नाकाहरु एक वर्षदेखि बन्द छन् । सरकारलाई […]

गुलरिया–मूर्तिया नाका तत्काल सञ्चालनमा ल्याउन सांसद गौतमको माग

नेपाली कांग्रेसका संसद सञ्जयकुमार गौतमले गुलरिया–मूर्तिया नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नु भएको छ । १४ वर्ष अघि नेपाल–भारतबीच सो नाका सञ्चालन गर्ने सहमती भए पनि त्यसको अझै कार्यान्वयनमा ल्याउन सरकार तयार नभएकोमा सांसद गौतमको आपत्ति छ ।