खर्च गर्ने बाटो खुलेपछि बढ्यो चाप, ११ बजेदेखि ३ बजेसम्म भुक्तानी गर्न राखियो शर्त

एक सातासम्म खर्च गर्न नपाएको सरकारलाई खर्च गर्ने बाटो खुला भएपछि भुक्तानीमा चाप परेको छ। बजेट पारित हुन नसक्दा भदौ ३० गते बुधबारदेखि असोज ७ गतेसम्म सरकारले रकम खर्च गर्न सकेको थिएँन ।असोज ७ गते राष्ट्रपतिले बिनियोजन विधयेक प्रमाणीकरण गरेपछि ८ गते शुक्रबारबाट खर्च गर्ने बाटो खुलेको हो । एक सातासम्म भुक्तानी रोकिएपछि अहिले भुक्तानीमा चाप परेको छ । महालेखा परीक्षकको कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरेर कार्यबोझ हुने समय अर्थात् ११ बजेदेखि ३ बजेसम्म एउटै भुक्तानीबाट १००० भन्दा बढी भुक्तानी निकासा हुने भुक्तानी  आदेशको कार्य नगर्न निर्देशन दिएको छ ।महालेखाको पत्रमा भनिएको छ 'विनियोजन अध्यादेश प्रतिस्थापन विधेयक स्वीकृत नभएका कारण केहि दिनदेखि भुक्तानी निकासा बन्द भएको कारण र सार्वजनिक वित्तिय व्यवस्थापन सम्बन्धी प्रणाली संचालनका आधारमा आश्विन महिना भुक्तानी निकासाको लागि जटिल महिना हुन पुगेको छ, तसर्थ दैनिकरुपमा उच्च कार्यबोझ हुने समय (११ बजेदेखि ३ बजेसम्म) एउटै भुक्तानीबाट १००० भन्दा बढी भुक्तानी निकासा हुने भुक्तानी आदेशको कार्य सो समयमा नगर्नु होला ।' साथै प्रणालीहरुलाई सबल रुपमा संचालन गर्न जुन दिन CGAS+ मा भुक्तानी आदेश स्वीकृत भई एकल कोष खातामा प्राप्त हुन्छ सोहिदिन कार्यालयबाट भुक्तानी आदेशको हाई कपि प्राप्त गरी सोहि दिन नै निकासा भुक्तानी हुने व्यवस्था समेत गर्न समेत महालेखाले निर्देशन दिएको छ ।त्यस्तै महालेखाले बिनियोजन विधयेक प्रमाणीकरण भएसंगै यस अघिनै जारी बजेट कार्यान्वयन सम्बन्धी निर्देशन अनुसार आ.ब. २०७८।०७९ बजेट कार्यान्वयन गर्न गराउन भनेको छ। 

सम्बन्धित सामग्री

अर्थमन्त्री फेरिएपछि कति बढ्यो भुक्तानी ?

८ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मन्त्रालय सम्हालेसँगै आफूले भुक्तानी बढाएको र यसले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताउँदै आएका छन् । तथ्यांक अनुसार पछिल्लो १५ दिनमा अर्थले साढे ५५ अर्ब रुपैयाँ भुक्तानी गरेको देखिन्छ । तर, यसको ठूलो हिस्सा पुनः चालु खर्च र वित्तीय व्यवस्थामा हुँदा अर्थमन्त्रीले दाबी गरेजस्तै अर्थतन्त्र चलायमान बनाउन भने […]

ऋणको साँवाब्याज भुक्तानीमा डेढ खर्बमाथि खर्च

काठमाडौं । सार्वजनिक ऋणको अंश बढ्दै जाँदा दायित्व व्यवस्थापनमा सरकारले ठूलो रकम खर्च गर्नु परेको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को ७ महीनामै सरकारले दायित्व व्यवस्थापन अर्थात् कुल ऋणको साँवाब्याज भुक्तानीमा १ खर्ब ५५ अर्ब २४ करोड रुपैयाँ खर्चेको छ । त्यसमध्ये १ खर्ब ३० अर्ब ११ करोड ६७ लाख रुपैयाँ आन्तरिक ऋणको साँवाब्याज हो । ९० अर्ब ९७ करोड १६ लाख आन्तरिक ऋणको साँवा र ३९ अर्ब १४ करोड ५१ लाख रुपैयाँ ब्याज भुक्तानी भएको छ । बाह्य ऋणतर्फ २५ अर्ब १३ करोड ५ लाख भुक्तानी भएको छ । यसमध्ये २० अर्ब १२ करोड साँवा र ५ अर्ब रुपैयाँ ब्याज भुक्तानीमा खर्च गरेको अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । त्यसकारण सार्वजनिक ऋण धेरै बढ्यो कि भनेर चिन्ता भने गरिहाल्नुपर्ने स्थिति नदेखिएको सरकारको तर्क छ । बाह्य ऋणको चाप जीडीपीको २२ प्रतिशत हाराहारी छ । चालू वर्षमा सरकारले ठूलो परिमाणमा आन्तरिक ऋणको साँवाब्याज तिर्न खर्च गरिरहेको छ । सरकारले चालू आवभरिमा २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ बाह्य ऋण लिने लक्ष्य राखेको थियो । यसलाई अर्धवार्षिक समीक्षामार्फत १ खर्ब ८० अर्ब ६७ लाख रुपैयाँ मात्र प्राप्त हुने गरी अनुमान संशोधन गरेको छ । ७ महीनामा ५२ अर्ब १२ करोडमात्र बाह्य ऋण प्राप्त गरेको सरकार संशोधित लक्ष्य पनि भेट्ने आधार देखिँदैन । अर्थमन्त्री डा. प्रकाशशरण महतले भने ऋणको लक्ष्य प्राप्त हुने दाबी बजेटको अर्धवार्षिक समीक्षामार्फत गरेका छन् ।

असार लागेपछि अत्यधिक बढ्यो खर्च

चालू आर्थिक वर्षको ११ महिना सुस्ताएको सरकारी खर्च असार लागेपछि रफ्तार लिन थालेको छ । आवको अन्तिम महिना असारको १७ दिनमा ७५ अर्ब ८० करोड सरकारी खर्च भुक्तानी भएको छ । महालेखा...

प्रिमियममा आईपीओ जारी गर्न लागेको आईएमई लाइफको नाफा करीब ७९ प्रतिशत बढ्यो

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (IME Life Insurance Company Limited)ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १८ करोड २४ लाखभन्दा बढी खुद नाफा (Net Profit) गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ७८ दशमलव ८८ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १० करोड १९ लाखभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।  यस वर्ष कम्पनीको आम्दानी ५२ दशमलव ३० प्रतिशत बढेको छ । गत वर्ष रू. १६ करोड २२ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २४ करोड ७० लाखभन्दा बढी आम्दानी गरेको हो । खर्च भने गत वर्ष रू. ६ करोड २ लाखभन्दा बढी खर्च गरेको कम्पनीले रू. ६ करोड ४५ लाखभन्दा बढी खर्च गरेको हो । तेस्रो त्रैमाससम्म कम्पनीले गत वर्षभन्दा २२ प्रतिशत बढी कुल बीमा शुल्क (Premium) आर्जन गरेको छ । गत वर्ष रू. २ अर्ब ४४ करोड ७३ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. २ अर्ब ९८ करोड ५८ लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको हो । कुल दाबी भुक्तानी भने गत वर्षभन्दा ३० दशमलव ८८ प्रतिशत बढी भएको हो । गत वर्ष रू. ६३ करोड ७७ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ८३ करोड ४७ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी (Paid up Capital) रू. २ अर्ब ८० करोड रहेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियम वापत रू. १७६ थप गरी प्रतिकित्ता रू. २७६ मूल्यमा १ करोड २० लाख कित्ता आईपीओ (IPO) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (Sebon)मा चैत २७ गते निवेदन दिएको छ । आईपीओपछि कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब पुग्नेछ । यस कम्पनीलाई नेपाल बीमा प्राधिकरण (Nepal Insurance Authority)ले कायम गरेको चुक्ता पूँजीको व्यवस्था अनुसार रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । आईपीओ पछि कम्पनीलाई थप रू. १ अर्ब चुक्ता पूँजी आवश्यक हुनेछ । तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १० करोडभन्दा बढी रहेको छ । जीवन बीमा कोषमा रू. ६ अर्ब ७ करोडभन्दा बढी रहेको कम्पनीले बीमालेख धितोमा रू. ५६ करोड ५८ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ६९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ६७ रहेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा ३१.३२% बढ्यो

माघ २७, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ७ करोड ६० लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ३१ दशमलव ३२ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५ करोड ७८ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको आम्दानी २७ दशमलव ९९ प्रतिशत बढी र खर्च २१ दशमलव ९९ प्रतिशत बढी भएको छ । कम्पनीले रू. ११ करोड ५२ लाखभन्दा बढी आम्दानी गरेको हो भने रू. ३ करोड ९२ लाखभन्दा बढी खर्च गरेको छ ।  कम्पनीले गत वर्षभन्दा यस वर्ष २४ दशमलव ८३ प्रतिशत बढी रू. १ अर्ब ४४ करोड कुल बीमाशुल्क आर्जन गरेको छ भने १५६ दशमलव २३ प्रतिशत बढी रू. ३७ करोड २४ लाख कुल दाबी भुक्तानी गरेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ भने जगेडा कोष रकम रू. १८ करोड १७ लाखभन्दा बढी छ । कम्पनीको जीवन बीमा कोष रकम भने रू. ३ अर्ब ३६ करोडभन्दा बढी छ । जगेडा कोष रकम गत वर्षभन्दा ८ दशमलव ४६ प्रतिशत कम भएको हो भने जगेडा कोष रकम ८७ दशमलव २७ प्रतिशत बढेको हो ।  वार्षिक प्रतिशेयर आम्दानी रू. ७ दशमलव २४ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव २० रहेको छ ।

यो वर्ष ५६% ले बढ्यो जनरल इन्स्योरेन्सको खुद नाफा

माघ २४, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ५ करोड ६८ लाख खुद नाफा गरेको छ ।  कम्पनीले गत वर्षभन्दा यस वर्ष ५६ दशमलव शून्य ४ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ६४ लाख खुद नाफा गरेको थियो ।  यस वर्ष कम्पनीको आम्दानी ५० दशमलव ३८ प्रतिशत बढेको छ भने खर्च ४३ दशमलव १४ प्रतिशत बढी भएको छ । कम्पनीले रू. ९ करोड ९७ लाख आम्दानी गरेकोमा रू. ४ करोड २८ लाख खर्च गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ भने जगेडा कोष रकम रू. १३ करोड ३ लाख छ । बीमा कोष रकम रू. १४ करोड ९२ लाख रहेको छ ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम ९६ दशमलव ८३ प्रतिशत र जीवन बीमा कोष ९९ दशमलव ४७ प्रतिशत बढेको हो । कम्पनीले गत वर्षभन्दा यस वर्ष ३२ दशमलव ९१ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको छ भने ५२ दशमलव ३९ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको छ ।  यस वर्ष कम्पनीले रू. ४६ करोड ५७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ११ करोड ४९ लाख कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष यस अवधिमा ४२ हजार ७१५ बीमालेख जारी गरेको कम्पनीले यस वर्ष ३८ हजार ९८ बीमालेख जारी गरेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ३८ र प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव १८ छ । यो पनि हेर्नुस् : पहिलो त्रैमासमा जनरल इन्स्योरेन्स कम्पनीको नाफा ६१% बढ्यो

३५६ प्रतिशतले बढ्यो सिडिएससिको आम्दानी, नाफामा पनि उछाल

आर्थिक वर्ष ७७/७८ मा सिडिएससिको आम्दानी ३५६ प्रतिशतले बढेको छ । कम्पनीले आ.व.२०७६/७७ मा रु. २० करोड ७१ लाख ८३ हजार आम्दानी कूल आम्दानी गरेकोमा आ.व.२०७७/७८ मा कम्पनीको आम्दानी ३५६ प्रतिशतले बढेर रु.९४ करोड ४१ लाख २३ हजार भएको छ ।  सिडिएससिले आ.व.२०७६/७७ मा खुद नाफा रु.७ करोड ८० लाख ८६ हजार आर्जन गरेकोमा आ.व. २०७७/७८ मा रु. ५० करोड ३६ लाख ४९ हजार खुद नाफा आर्जन गरेको छ । त्यसैगरी सिडिएससिको आ.व. २०७६/७७ मा ९ करोड ४ लाख ५ हजार खर्च भएकोमा सो रकम २६ प्रतिशतले बढेर रु. ११ करोड ३६ लाख ६० हजार खर्च भएको छ ।सिडिएससिले आयकर बापत आ.व. २०७६/७७ मा रु.३ करोड ५१ लाख २६ हजार भुक्तानी गरेकोमा आ.व. २०७७/७८ मा रु. २५ करोड ५६ हजार भुक्तानी गरेको छ । सिडिएससिले गत आर्थिक वर्षको तुलनामा आ.व.२०७७/७८ मा ६१२ प्रतिशत बढी आयकर भुक्तानी गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरबाट आर्थिक वर्ष २०७६/७७ मा कार्यालयको कार्यक्षेत्र अन्तर्गत दर्ता रहेका करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सिडिएस एण्ड क्लियरिङ्ग लि. लाई आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरबाटु दशौं राष्ट्रिय कर दिवस २०७८ को अवसर सम्मान पनि गरेको थियो ।आ.व.२०७६/७७ मा कम्पनीको जगेडा कोषमा रु. १३ करोड २२ लाख ९० हजार रहेकोमा आ.व.२०७७/७८ मा रु.६७ करोड २२ लाख ६९ हजार रहेको छ । त्यसैगरी सिडिएससिको प्रति शेयर आम्दानी आ.व. २०७६/७७ मा रु. २६.०३ रहेकोमा आ.व. २०७७/७८ मा सिडिएससिको सेवा थप विस्तारबाट अम्दानीमा भएको वृद्धिले सिडिएससिको प्रति शेयर आम्दानी बढेर रु. १९१.२२ पुगेको छ ।सिडिएससिले आ.व.२०७६/७७ मा शेयरधनीलाई १५ प्रतिशतका दरले ४ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गरेकोमा आ.व.२०७७/७८ मा 80 प्रतिशतले हुने रु. १२ करोड नगद लाभांश वितरण गरेको छ।आर्थिक वर्ष ७७/७८ मा शेयरबजार नयाँ उचाईमा पुग्दा त्यसको समग्र लाभ सिडीएसलाई पनि भएको हो ।

विकास खर्च बढ्यो, स्थानीय तहको खार्च ९५ प्रतिशत

बागमती प्रदेश सरकारले स्थापनाको तेस्रो वर्षको बजेट खर्चको अवस्थामा केही सुधार गरेको छ । अघिल्ला २ आर्थिक वर्षमा करिब ६० प्रतिशतबाट बढ्न नसकेको बजेट खर्चको अवस्था बितेको आर्थिक वर्ष २०७७/०७८ मा करिब ७० प्रतिशत पुगेको छ । चालुभन्दा पुँजीगत खर्चकै प्रतिशत बढी छ ।प्रदेश सरकारले सुरु गरेका बहुवर्षीय आयोजनाहरु बितेको आर्थिक वर्षमा सम्पन्न भई भुक्तानी […]

असार लागेपछि विकास खर्च झन्डै तीन गुणाले बढ्यो

असार लागेपछि मुलुकको विकास खर्च अघिल्ला ११ महिनाको तुलनामा तीन गुणाले बढेको छ । आर्थिक वर्षको अन्तिम एक महिनामा खर्च र भुक्तानी बढाउने सरकारी प्रवृत्ति यस वर्ष पनि दोहोरिएको हो ।  जेठ मसान्तसम्ममा...