नेपालगञ्जका मुसलमान धर्मगुरुहरुले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि परम्परागत तथा धार्मिक कार्य घरमै गर्न आग्रह गर्नुभएको छ । मुुसलमान समुदायको पवित्र पर्व रमजानका पूर्वसन्ध्यामा नेपालगञ्जका धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, पाँच पटकको नमाज र तराविहको नमाजसमेत घरमै पढ्ने व्यवस्था मिलाउन सार्वजनिक अनुरोध गर्नुभएको छ ।