प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका बेला सबै राजनीतिक दल एकजुट भएर नियन्त्रणमा लाग्न आह्वान गरेका छन् ।
प्रधानमन्त्रीको शपथ लिएपछि शुक्रबार पदभार ग्रहण गर्न सिंहदरबार पुगेका ओलीले आफू संविधान र कानुनअनुसार लोकतान्त्रिक प्रक्रियामा अगाडि बढिरहेको पनि बताएका छन् । सरकारलाई प्रतिगमनमा गएको देख्नेले मुलुकलाई अस्थिरतामा गएको देख्न चाहेको उनले उल्लेख गरे ।
यतिबेला पनि केही अस्थिरता चाहनेले मुलुकमा शान्ति देख्न नचाहने तत्व लोकतान्त्रिक मूल्य मान्यताअनुसार संविधान र कानुनबमोजिम देश चल्ने कुरालाई आफ्ना स्वार्थमा जिद्दी ग...