मोरङ – प्रदेश १ मा महिला हत्या हिंसा, कोभिड बिरामीको स्वास्थ्य उपचारमा लापरबाही भइरहँदा सरकारको उपस्थिति नदेखिएको प्रदेश सभासदस्यले बताएका छन्। विराटनगरमा आइतबार सम्पन्न प्रदेश सभाको आठौं तथा बजेट अधिवेशनको सत्ताईसाँै बैठकको शून्य समयमा बोल्दै प्रदेश सभासदस्य अम्बिका थापाले महिलाउपर बलात्कार र हत्या हुँदासमेत पीडित परिवारले न्याय नपाएकोमा आक्रोश व्यक्त गरिन्। उदयपुरस्थित त्रियुगा नगरपालिका–६ की […]