भूकम्प प्रभावितका लागि गोदावरी नगरपालिकाले १ लाख दिने, मेयरले २ महिनाको सुविधा दिने

कैलाली । जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्पको राहतको लागि कैलालीको गोदावरी नगरपालिकाले एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । साथै नगर प्रमुख वीरेन्द्र भट्टले आफूले पाउने २ महिनाको सेवा सुविधा समेत सहयोग गर्ने घोषणा गरेका छन् । भूकम्प पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि गोदावरी नगरपालिका, कैलालीको तर्फबाट एक लाख र नगर प्रमुखले […]

सम्बन्धित सामग्री

पहिलो गोदावरी अन्तरविद्यालय फुटसल शुक्रबार हुने

ललितपुर : प्रथम गोदावरी नगरपालिका अन्तरविद्यालय फुटसल प्रतियोगिता शुक्रबार हुने भएको छ। ज्ञानकुण्ड युवा क्लबको आयोजनामा हुने प्रतियोगिता गोदावरी नगरपालिका वडा नम्बर १० स्थित चापागाउँ फुटसल सेन्टरमा हुनेछ। बुधबार टाहाखेलमा आयोजित पत्रकार सम्मेलनका क्रममा शुक्रबार हुने प्रतियोगितामा नगरभित्रका ३३ वटा स्कुलले सहभागिता जनाउने क्लबका कार्यवाहक अध्यक्ष निकेश श्रेष्ठले जानकारी दिए। प्रतियोगिताका विजेताले २० हजार नगदसहित कप र उपविजेताले १५ हजार नगदसहित कप पुरस्कार पाउनेछन् । प्रतियोग

गोदावरी महोत्सव आयोजना हुँदै

आर्थिक क्रियाकलाप बढाउने लक्ष्यका साथ ललितपुरको गोदावरी नगरपालिकामा प्रथम गोदावरी महोत्सव आयोजना हुने भएको छ । महोत्सव आगामी चैत २९ देखि वैशाख ३ सम्म हुन लागेको हो । गोदावरी नगरपालिका तथा गोदावरी उद्योग वाणिज्य संघले यसको आयोजना गर्न लागेका हुन् । यसमा ईभेन्ट सोलुसनको व्यवस्थापन सहयोग हुनेछ । “आर्थिक समृद्धिका लागि संस्कृति” भन्ने मूल नाराका […]

गोदावरी नगरपालिका-१ का पूर्ववडाध्यक्ष घिमिरेले छाडे एमाले

काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिका–३ मा एमालेबाट विजयी भएकांग्रेस प्रवेश गरेका छन् । एमालेका संघीय उम्मेदवार नवराज सिलवाल र प्रदेशसभा (क) का उम्मेदवार मधुसुदन पौडेलको बसोबास रहेको वडा नम्बर ३ मा प्रभाव राख्ने व्यक्ति घिमिरे कांग्रेस प्रवेश गरेपछि एमालेलाई संकट परेको छ। ०७४ को निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका […]

गोदावरी नगरपालिका १ का पूर्ववडाध्यक्ष घिमिरेले छाडे एमाले

२०७४ को स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिका–३ मा एमालेबाट विजयी भएका वडाध्यक्ष बालमुकुन्द घिमिरे कांग्रेस प्रवेश गरेका छन् । एमालेका संघीय उम्मेदवार नवराज सिलवाल र प्रदेशसभा (क) का उम्मेदवार मधुसुदन पौडेलको बसोवास रहेको वडा नम्बर ३ मा प्रभाव राख्ने व्यक्ति घिमिरे कांग्रेस प्रवेश गरेपछि एमालेलाई संकट परेको छ। ०७४ को निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका प्रतिवद्धता बिर्सिएकाले आफूले कांग्रेस रोजेको बताएका छन् । तीनवटा विषयमा स्नातकोत्तर गरेका घिमिरे कानुन व्यवसा

गोदावरी नदी किनारमा बालकको शव फेला

काठमाडाैँ- कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ। गोदावरी नगरपालिका-३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शवको अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको हो। शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक […]

गोदावरी नगरपालिका–३ को अध्यक्षमा कलाकार घिमिरे विजयी

ललितपुरको गोदावरी नगरपालिका–३ को अध्यक्षमा कलाकार राज घिमिरे विजयी भएका छन्। एक हजार ५९ मतसहित घिमिरे वडा नं ३ को अध्यक्षमा विजयी भएका हुन्। उनी नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका...

‘चपली हाइट’ हिरो गोदावरी नगरपालिका –३ को अध्यक्षमा विजयी

अभिनेता राज घिमिरे (सानु राजा घिमिरे) गोदावरी नगरपालिका वडा नं ३ को अध्यक्षमा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका उनी १०५९ मत सहित विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्धोन्दी  नेकपाका राम आचार्यले १०४९ मत प्राप्त गरेका छन् । घिमिरे अघिल्लो स्थानीय निर्वाचनमा यसै वडाबाट माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष उम्मेदवारमै पराजित भएका थिए ।घिमिरेले केही अगाडि आफुले वडा अध्यक्ष चुनाव जितेमा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुबिधा नलिने घोषणा समेत गरेका थिए । उन

कैलालीको गोदावरी नगरपालिका एक साता बन्द

कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि कैलालीको गोदावरी नगरपालिका एक साताका लागि बन्द हुने भएको छ । आइतबार सूचना जारी गर्दै नगर प्रशासनले अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द गरिएको उल्लेख गरेको छ ।नगरपालिकाका अधिकांश कर्मचारीमा कोरोना देखिएकाले एक साताको लागी सेवा बन्द गरेको हो । सरसफाई, स्वास्थ्य र दमकल लगायतका अति आवश्यक सेवा भने सो अवधिमा पनि नियमित हुने सूचनामा उल्लेख छ ।

कैलालीको गोदावरी नगरपालिका एक साता बन्द

न्युज अफ नेपाल, काठमाडौं । कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि कैलालीको गोदावरी नगरपालिका एक साताका लागि बन्द हुने भएको छ । आइतबार सूचना जारी गर्दै नगर प्रशासनले अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द गरिएको उल्लेख गरेको छ । नगरपालिकाका अधिकांश कर्मचारीमा कोरोना देखिएकाले एक साताको लागी सेवा बन्द गरेको हो । सरसफाई, स्वास्थ्य र दमकल […]