रसुवा भन्सारः आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण एक वर्ष अघिदेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व संकलन प्रभावित बन्दै गएको हो ।