मुख्य नाकाको भन्सार नै राजस्व लक्ष्यमा चुक्यो

वीरगञ्ज। देशको मुख्य व्यापारिक नाका वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सारले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को शुरू त्रैमासमा लक्ष्यको ६८ दशमलव ३५ प्रतिशतमात्र राजस्व संकलन गरेको छ । भन्सारले आफ्नो वेबसाइटमा प्रकाशित गरेको तथ्यांकअनुसार चालू आवको साउनदेखि असोजसम्ममा ३८ अर्ब ८५ करोड रुपैयाँ राजस्व उठाएको देखिन्छ । यस अवधिका लागि आईसीपी भन्सारलाई ५६ अर्ब ८४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो ।  अघिल्लो आवको सोही अवधिमा उक्त भन्सारले ३९ अर्ब ६२ करोड रुपैयाँ संकलन गरेको थियो । त्यो रकम लक्ष्यको तुलनामा ७० प्रतिशत थियो । सरकारले २०७८ असोजदेखि वैदेशिक व्यापारमा नियन्त्रणको नीति लिएको थियो । अहिले नियन्त्रण हटे पनि व्यापारमा सुधार हुन नसकेको सरोकारका पक्षले बताएका छन् ।  बजारमा माग नहुँदा आयात र उत्पादन घटेको छ । उत्पादन खुम्चिएपछि कच्चा पदार्थको आयात पनि खस्किएको छ । त्यसको प्रभाव भन्सारको राजस्वमा देखिएको भन्सार अधिकारीहरूले बताएका छन् ।  चालू आवको ३ महीनामा आईसीपीबाट सरकारले भन्सार महशुल १४ अर्ब ६४ करोड रुपैयाँ, मूल्य अभिवृद्धिकर १६ अर्ब ४४ करोड रुपैयाँ र अन्त:शुल्क ३ अर्ब २१ करोड रुपैयाँ संकलन गरेको भन्सारको तथ्यांक छ ।

सम्बन्धित सामग्री

भन्सार राजस्व ३५ अर्ब बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८०/८१ का भदौ महिनमा भन्सार राजस्वमा केही सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनाभन्दा दोस्रो महिना भदौमा भन्सार राजस्व ३५ अर्बले राजस्व वृद्धि भएको हो । भन्सार विभागले सार्वजनिक गरेको भदौ महिनाको तथ्यांकअनुसार साउनभन्दा भदौ राजस्व संकलन सुधार आएको छ । चालु आर्थिक वर्ष पहिलो महिना साउनको भन्सार राजस्व […]

कञ्चनपुरमा लक्ष्यभन्दा कम भन्सार राजस्व संकलन

कञ्चनपुरमा भन्सार राजस्व लक्ष्यभन्दा कम संकलन भएको छ। गत आर्थिक वर्ष ०७९/०८० मा पनि लक्ष्यभन्दा कम भन्सार संकलन भएको हो। भन्सार कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार पछिल्ला पाँच वर्ष लगातार लक्ष्यभन्दा कम भन्सार...

भन्सार राजस्व २९ प्रतिशत घट्यो

भन्सार राजस्व संकलनमा कमी आएको छ । गतवर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा भन्सार राजस्व २९ प्रतिशतले घटेको छ । सरकारले चालु आर्थिक वर्ष २०७९/०८० मा भन्सारबाट ५ खर्ब ४८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, चालु आर्थिक वर्षको ११ महिनामा भन्सार ३ खर्ब ४४ अर्ब रुपैयाँ मात्र उठेको छ […]

विराटनगर भन्सार कार्यालयमा राजस्व कम

विराटनगर । विराटनगर भन्सार कार्यालयले कोभिड-१९ काे महामारीको समयमा पनि कुल लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत राजस्व असुली गरेको गरेकाे थियाे । तर यो वर्ष भने लक्ष्यको ५८ प्रतिशत पनि राजस्व उठाउन नसक्ने देखिएकाे भन्सार कार्यालयले जनाएकाे हाे । आर्थिक वर्ष २०७६/०७७ मा विराटनगर भन्सार कार्यालयले ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजस्व […]

भन्सार छलेका सामग्रीबाट पाँच करोड राजस्व असुल

कावासोती – भन्सार छलेर ल्याइएका सामग्री बरामदबाट रु पाँच करोड ३६ लाख राजस्व असुल गरिएको छ । जिल्ला प्रहरी कार्यालयले नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमार्फत गत आर्थिक वर्षमा भन्सार छलेर ल्याइएका सामग्री बरामद गरी सो राजस्व असुल गरेको हो । नवलपुरका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार गत आवमा भन्सार छलेर ल्याइएका सामग्री भन्सार चलानमार्फत उक्त राजस्व […]

भन्सार छलेका सामग्रीबाट पाँच करोड राजस्व असुल

भन्सार छलेर ल्याइएका सामग्री बरामदबाट रु पाँच करोड ३६ लाख राजस्व असुल गरिएको छ । जिल्ला प्रहरी कार्यालयले नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुर मार्फत गत आर्थिक वर्षमा भन्सार छलेर ल्याइएका सामग्री बरामद गरी सो राजस्व असुल गरेको हो । नवलपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार गत आवमा भन्सार छलेर ल्याइएका सामग्री भन्सार चलानमार्फत उक्त राजस्व सङ्कलन भएको हो । प्रहरीले भन्सार छलेर ल्याएका सामग्री नियन्त्रणपछि थप कारबाहीका लागि भन्सार चलान गरेको छ । बरामद गरिएका सामग्री सबैजसो पश्चिम नवलपर

विराटनगर भन्सार कार्यालयको राजस्व घट्यो

विराटनगर भन्सार कार्यालयको राजस्व घटेको छ। आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २०७८/७९ मा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन ३९ करोड रूपैयाँले घटेको हो।...

भन्सार राजस्व घटेन

सरकारले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा भन्सार बिन्दुबाट साढे ४ खर्ब रुपैयाँबराबर राजस्व संकलन गरेको छ । सरकारले आयात नियन्त्रण गर्ने नीति लिए पनि आयात र राजस्व दुवैमा वृद्धि भएको भन्सार विभागले जनाएको छ ।विभागका अनुसार सरकारले जेठ मसान्तसम्ममा ४ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ, जुन कुल राजस्वको ४७ प्रतिशत हो […]

भन्सार राजस्व सङ्कलन लक्ष्य प्रभावित

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आयात घटाउन गरेको नीतिगत व्यवस्थाले भन्सार राजस्व सङ्कलन लक्ष्य प्रभावित बनेको छ । भन्सार विभागका अनुसार अघिल्ला महिनाहरूमा लक्ष्यभन्दा बढी तथा लक्ष्यको नजिकै पुग्दै आएको भन्सार राजस्व सङ्कलन माघ महिनामा ५ अर्ब ६८ करोड रुपैयाँले प्रभावित बनेको हो । नेपाल राष्ट्र बैङ्कले निरन्तर बढिरहेको आयातलाई निरुत्साहित गर्न एलसी खोल्दा शत […]

१०१ प्रतिशत भन्सार राजस्व सङ्कलन

सरकारले लक्ष्य भन्दा बढी भन्सार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा ४ खर्ब ४० अर्ब ८४ लाख भन्सार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सरकारले लक्ष्यको १ सय १ प्रतिशत राजस्व सङ्कलन गरेको भन्सार विभागले जनाएको छ । भन्सार विभागका प्रवक्ता शिशिर ढुङ्गानाका अनुसार  गत वर्ष भन्सार राजस्व ४ खर्ब ४३ अर्ब २६ करोड ८४ लाख  भन्सार राजस्व उठाएको छ ।  सरकारले उठाउने राजस्वमा भन्सार राजस्वको योगदान बढी हुने गरेको छ ।