काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार छलफल हुने भएको छ। स्थानीय तह निर्वाचनको मितिबारे प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार छलफल हुन लागेको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार प्रधानमन्त्री देउवाले निर्वाचनबारे छलफल गर्न ३ बजे आयोगका पदाधिकारीहरूलाई बोलाएका हुन्।