स्थानीय तह निर्वाचनको मिति तय गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार छलफल हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार प्रधानमन्त्री देउवाले निर्वाचनबारे छलफल गर्न ३ बजे आयोगका पदाधिकारीहरूलाई बोलाएका हुन् ।आजको छलफलमा आयोगले ऐन कानुन एवं तिथि मितिको विश्लेषण गरेर चुनावको मिति प्रस्ताव गर्नेछ । निर्वाचन आयोगले एकै चरण वा दुई चरणको मिति प्रस्ताव गर्न सक्छ । किनभने यसअघि आयोगले वैशाख १४ र २२ गतेका लागि दुई चरणमा प्रस्ताव गरेको हु