प्रदेश १ सरकारले मेरो वर्ष २०७५ घोषणा गर्दै, रक्सी, चुरोट नखाने प्रतिबद्धता गरिने

३० चैत, विराटनगर । प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान सञ्चालन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रदेश सरकारले पनि सो कार्यक्रम गर्न लागेको हो । सामाजिक विकास मन्त्रालयले बिहीबार आठबुँदे प्रतिबद्धता सार्वजनिक …

सम्बन्धित सामग्री

१६ जिल्लामा भएन साक्षरता घोषणा

मुलुकबाट दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने भनी राज्यले प्रतिबद्धता व्यक्त गरेको १४ वर्ष बित्दा पनि १६ जिल्ला अझैसम्म निरक्षरमुक्त हुन सकेका छैनन्। सरकारले २०६५ सालमा दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य अगाडि सारेको थियो। बिहीबार ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदासम्ममा मधेश प्रदेशका कुनै पनि जिल्ला साक्षर घोषणा भएका छैनन्। लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र डोटी जिल्ला साक्षर घोषणा हुन बाँकी छ। हालसम्म ६१ जिल्ला साक्षर घोषित भइसकेका छन्। प्रदेश १ लाई बिहीबार साक्षर प्रदेश घोषणा गरिँदैछ। हालसम्म गण्डकी र बागमती प्रदेशमात्र साक्षर प्रदेश घोषणा भएका छन्।

चिया क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता

चिया क्षेत्रमा देखिएका समस्याको दिगो समाधान गर्न प्रदेश सरकारका मन्त्री र सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । संवाद समूह प्रदेश १ को आयोजनामा बिहीबार बिर्तामोडमा भएको छलफलमा उहाँहरूले चिया क्षेत्रका समस्याको दिगो समाधान गर्न प्रदेश सरकारको भूमिका प्रभावकारी बनाउने र समस्या समाधानको जिम्मेवारी लिने बताउनुभएको हो । सो भेलाबाट चिया समस्याका लागि सातबुँदे साझा प्रतिबद्धता सार्वजनिक गरिएको छ । प्रदेश १ का कृषिमन्त्री झलकबहादुर मगर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सराबगी, सांसद जसमाया गजमेरलगायतले प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्दै चिया खेतीमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्ने प्रतिबद्धता

प्रदेश नम्बर १ लाई चिया विशेष क्षेत्र घोषणा गर्दै यस क्षेत्रमा लामो समयदेखि देखिएका समस्या नीतिगत र व्यावहारिक रूपमा समाधान गर्न प्रदेशका मन्त्रीहरूसहित सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् । चिया क्षेत्रमा लामो समयदेखि देखिएका समस्या दिगो रूपमा समाधान गर्न प्रदेश सरकारको भूमिका प्रभावकारी बनाउने र समस्या समाधानको जिम्मेवारी लिने संवाद समूह प्रदेश १ को आयोजनामा बिर्तामोडमा […]

उद्योगमा विद्युत् आपूर्ति सुरु भएपछि आन्दोलन स्थगित

काठमाण्डौ – उद्योगमा विद्युत आपूर्ति सुरु भएपछि मोरङ व्यापार संघ तथा नेपाल उद्योग परिसंघ, प्रदेश १ ले आन्दोलन स्थगित गरेका छन् ।  यस अघि विद्युत् अबरुद्ध भइरहेको भन्दै उनीहरुले हिजोसम्ममा समस्या समाधान नभए चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । नेपाल विद्युत् प्राधिकरणले प्रतिबद्धता अनुसार हिजोदेखि उद्योगमा नियमित विद्युत् आपूर्ति गर्न थालेपछि आन्दोलन स्थगित गरिएको मोरङ व्यापार संघ तथा नेपाल उद्योग परिसंघ, प्रदेश १ ले विज्ञप्तिमार्फत जनाएका छन् । नेपालका धेरैजसो जलविद्युत् आयोजना नदीमा आधारित रहेकाले हिउँदमा पानी घट्द...

पटक - पटक सरकार परिवर्तन हुँदा लगानी डुब्ने चिन्तामा व्यवसायी

कात्तिक ३०, सुनसरी । प्रदेश नं १ मा पटक - पटक सरकार परिवर्तन भइरहँदा व्यवसायीहरुले लगानी डुब्ने हो की भन्ने आशंका गर्न थालेका छन् । सुनसरी तथा मोरङ करिडोरमा सञ्चालन भएका ठूला लगानीका व्यवसायहरू पटक पटकको सरकार परिवर्तनले लगानी पनि जोखिममा पर्ने हो की भन्ने आशंकामा छन् ।  एकातिर कात्तिक पहिलो साता आएको बाढीले सुनसरी, मोरङ औद्योगिक करिडोर क्षेत्रमा करोडौको क्षति गरेको थियो । सरकार बन्दै पिच्छेका सरकारले सहयोगको प्रतिबद्धता जनाउँछन् तर पूरा हुन नपाउँदै सरकार परिवर्तनले व्यवसायीहरुको लगानी सुनिश्चित नहुने कि भन्ने चिन्ता थपिएको छ ।  दुई वर्ष कोरोना संक्रमणका कारण थला परेको समयमा तत्कालिन मुख्यमन्त्री शेरधन राईले राहत उपलब्ध गराउने आस्वासन बाडेका थिए तर उनकै कुर्सी छिनेपछि गठित प्रदेश सरकारले वास्तै गरेन ।  कात्तिक पहिलो साता बाढीले क्षति गरेको समय प्रदेश सरकारमा रहेका तत्कालिन मुख्यमन्त्री भिम आचार्यले क्षतिपूर्तिको आस्वासन दिएका थिए । तर उनको सरकार ढलेपछि नयाँ सरकारले व्यवसायीहरूको माग सम्बोधन नगर्ने हो की भन्ने पिर अहिले ठूला उद्योगी र व्यवसायीहरूमा परेको छ । प्रदेश १ मा तेस्रो पटक बनेको गठबन्धनको सरकारको मुख्यमन्त्री राजेन्द्र कुमार राई आएका छन् । अघिल्ला मुख्यमन्त्रीहरुले व्यवसायी तथा उद्योगीका लागि गरेका प्रतिबद्धता पूरा गर्छन् की गर्दैनन्, सशंकित भएका छन् ।  एशियन थाइ फुड प्रालिका प्रबन्ध निर्देशक महेश जाजु उद्योगीहरूको पिर मार्का कुनै सरकारले नसुनेको बताउँछन् । शुरूवाती चरणमा प्रदेश सरकारले उद्योगीहरूको मनोवल बढाउने काम गरेपनि अहिले कुर्सीको मोहमा लाग्दा उद्योगी र व्यवसायीहरूलाइ नै बिर्सिएको उनले आरोप लगाए । त्यस्तै १ नं प्रदेशकै उत्कृष्ट पर्यटकीय मनोरञ्जन स्थलको रुपमा रहेको इप्पिल्याण्ड फन पार्कका सञ्चालक भिम पौडेलले अब प्रदेश सरकारसँग कुनै आशा नरहेको बताए । उनी भन्छन्, ‘एउटा मुख्यमन्त्रीले प्रतिबद्धता जनाउँछन्, अर्को आउने बित्तिकै काटिन्छ, यस्तो निरन्तरताले कहिले हामीले सहयोग पाउने ?’ त्यस्तै, इटहरी स्थित पर्यटकिय स्थल तालतलैया संरक्षण समितिका अध्यक्ष बिरबहादुर लिम्बु पनि प्रदेश सरकारको आश नलागेको बताउँछन् । तत्कालिन मुख्यमन्त्री शेरधन राइकै पालामा तालतलैयामा जेट बोट सञ्चालन भएको थियो । त्यो बेला राइले नै त्यस क्षेत्रलाइ नमूना पर्यटकीय क्षेत्र बनाउनको निमित्त वार्षिक बजेटको व्यवस्था मिलाउने घोषणा समेत गरेका थिए । तर पद नै गुमेपछि घोषणा कागजमै सीमित बन्न पुगेको छ । कोरोना महाकारीपछि प्रदेश सरकारकै नीति र अनुदानको आस्वासनमा व्यवसायीहरु उत्साहित भइरहेको बेला पटक पटकको सरकार परिवर्तनले उनीहरूमा पुनः निराशा छाएको छ । उत्साहजनक रूपमा व्यवसाय शुरू गरेका ठूला व्यवसायीहरू अहिले ठूलो पिडामा छन् । राज्यबाट अनुदान प्राप्त होला र व्यवसायलाइ थोरै भएपनि राहत मिल्छ भन्ने आसमा बसेका व्यवसायीहरू अहिले सरकार परिवर्तनसँगै नीति पनि परिर्वतन हुने होकी भन्ने चिन्तामा छन् ।