पछिल्लो दिनमा कर्णालीमा डिस्चार्ज हुनेको संख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ७१ जना कोरोना संक्रमित थपिँदा दुई सय दश जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।पछिल्लो समय कर्णालीमा कोरोना जित्नेको संख्या बढ्न थालेको स्वास्थ्य सेवा निर्देशनालयका सुचना अधिकारी नोदनारायण चौधरीले बताए । होम आइसोलेशन र अस्पतालका आइसोलेसनबाट डिस्चार्ज हुनेमा सुर्खेतका एकसय २६, जाजरकोटका ३३, सल्यानका २४, कालिकोटका १३, रुकुमपश्चिमका आठ, डोल्पाका चार र जुम्लाका दुई जना छन् ।शनिवार मात्रै दुई सय ४६