हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा ल्याएका केही कार्यक्रम विवादित हुँदा संसद बैठक बस्न सकेको छैन।प्रदेश सरकारले ल्याएको कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलहरूले ती कार्यक्रमलाई बजेटबाट हटाउन माग गर्दै आएका छन्। जसले गर्दा अवरुद्व बनेको संसद् बैठक एकसातादेखि स्थगित छ।बजेटबाट ती कार्यक्रमलाई नहटाएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलहरूले चेतावनी दिइरहँदा प्रदेश सरकारको मन्त्रीहरू भने संसदबाट बजेट पास हुनुअघि नै त्यसको प्रचारप्रसार गर्न लागिसकेका छन्।