भन्सार राजश्व असुली ओरालोमा

धनगढी । पछिल्लो ३ वर्षयता कैलाली भन्सार कार्यालयको राजश्व असुली दर घट्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ लक्ष्य भन्दा बढि राजश्व असुल भएकोमा त्यसपछिका वर्षहरुमा लक्ष्य भन्दा कम राजश्व असुली भएको हो । कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पछिल्लो ३ महिनामा लक्ष्यको ६४.९० प्रतिशत राजश्व असुल भएको छ । […]

सम्बन्धित सामग्री

पशुपतिनगर भन्सारमा राजश्व असुली बढ्यो

भन्सार कार्यालय पशुपतिनगरमा राजश्व असुली बढ्न थालेको छ। ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा पशुपतिनगरमा आयोजित कार्यक्रममा कार्यालयले गत आर्थिक वर्षको तुलनामा राजश्व सङ्कलन बढेको जानकारी दिएको हो।

तीन दिनदेखि भन्सार जाँच पास ठप्प

काठमाडौं, पुस २६ । ब्यापारमा सहजीकरण नभएको भन्दै ब्यापारीहरुले चीनबाट नेपाल ल्याईएका समाग्रीहरुको भन्सार जाँच पास नगर्दा तीन दिनदेखि रसुवा भन्सार कार्यालयमा भन्सार असुली ठप्प भएको छ । दैनिक करोडौ रुपैयाँ राजश्व असुली हुने यस भन्सार कार्यालयमा तीनदेखि ब्यापारीहरुको अनुपस्थितीले भन्सार असुली ठप्प भएको हो । चीनबाट नेपाल ल्याईएका समाग्रीहरुको भन्सार गर्दा सरकारी निकायले दुख […]

दरबन्दीअनुसार कर्मचारी नहुँदा हिल्सा नाकामा राजश्व असुली गर्न समस्या

सिमकोट – चीनसँगको सीमाना हिल्साको नाराी नाकामा कर्मचारीको अभावमा राजश्व संकलनमा समस्या भएको छ। दरबन्दीअनुसार कर्मचारी नहुँदा राजश्व असुलीमा समस्या भएको भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए। कार्यालयमा हाल प्रमुखसहित दुईजना कार्यालय सहयोगी छन्। जसमा एकजना कार्यालय सहयोगी आगामी मंसिरदेखि सेवा निवृत्त हुँदैछन्। कर्मचारीको अभाव हुँदा कारण नाकामा गएर सामान चेक गर्ने तथा कार्यालयमा बिल […]

मोरङमा भदौ महिनामा निर्धारितभन्दा आधा राजस्व

मोरङ- विराटनगर भन्सार कार्यालयले भदौ महिनामा निर्धारित लक्ष्य भन्दा कम राजश्व असुली गरेको छ । विराटनगर भन्सार कार्यालयका अनुसार भदौ महिनामा ५६ दशमलव ८१ प्रतिशत मात्र राजश्व असुली भएको हो । भन्सार कार्यालयलाई भदौ महिनामा ४ अर्ब ४५ करोड ६६ लाख रुपैया राजश्व असुली लक्ष्य निर्धारण गरिएको थियो । जसमध्ये २ अर्ब ५३ करोड १९ […]

भैरहवा भन्सार: लक्ष्यको ४९ प्रतिशत मात्रै राजश्व असुली

देशकै दोस्रो ठुलो भैरहवा भन्सारले यस पटक लक्ष्यको आधा पनि राजश्व उठाउन सकेन। आर्थिक वर्ष २०७९/०८० मा यो भन्सारले लक्ष्यको ४९ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ।...

नेपालगञ्ज नाकामा राजश्व असुली लक्ष्यको आधामात्रै

नेपालगञ्ज – आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा नेपालगञ्ज नाकामा लक्ष्यको आधा मात्रै राजश्व संकलन भएको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माका अनुसार चालु आर्थिक वर्षमा २९ अर्ब ३२ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा वैशाखसम्ममा १५ अर्बमात्रै राजश्व संकलन भएको छ। पश्चिमको व्यस्तमध्येको यो नाकामा वैशाखसम्ममा ५५ अर्ब मूल्य बराबरको […]

वीरगञ्ज भन्सारद्वारा एक खर्ब १५ अर्ब राजश्व असुली, लक्ष्य भेट्टाउन भने असफल

वीरगञ्ज – वीरगञ्ज भन्सारले नौ महिनाको अवधिमा एक खर्बभन्दा बढी राजश्व संकलन गरेको छ। भन्सारले एक खर्ब १५ अर्ब १३ करोड ३५ लाख ५२ हजार राजश्व संकलन गरेको छ। नाकाले उपलब्ध गराएको तथ्यांकअनुसार वीरगञ्ज भन्सार नाकाले ०७९/८० को नौ महिनामा भन्सार बिभागबाट पाएको लक्ष्यको ६० दशमलव २७ प्रतिशत मात्रै राजश्व संकलन गरेको हो। विभागलाई नौ […]

नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा आधा राजश्व संकलन

बाँके – नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा आधा राजश्व संकलन गरेको छ  । बाँकेमा चालु आर्थिक वर्षमा भन्सार छलीका घटना बढेर जाँदा लक्ष्यअनुसारको भन्सारले राजश्व असुली गर्नसकेको छैन । आर्थिक वर्ष २०७९/र०८० सुरु भएदेखि नै कुनै पनि महिनामा लक्ष्य अनुसारको राजश्व उठाएको छैन । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा  प्रतिशतका हिसाबले सबैभन्दा कम राजश्व […]

भन्सार राजश्व असुली ओरालोमा

पछिल्लो तीन वर्षयता कैलाली भन्सार कार्यालयको राजश्व असुली दर घट्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ लक्ष्य भन्दा बढि राजश्व असुल भएकोमा त्यसपछिका वर्षहरुमा लक्ष्य भन्दा कम राजश्व असुली भएको हो । कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पछिल्लो तीन महिनामा लक्ष्यको ६४.९० प्रतिशत राजश्व असुल भएको छ । आर्थिक वर्ष […]

वीरगञ्ज भन्सारमा एक सय एक प्रतिशत राजश्व असुली

वीरगञ्ज, साउन ४ । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७३-७४ मा १०१ प्रतिशत राजश्व असुली गरेको छ ।