दैलेख : जिल्लाको भैरवी गाउँपालिका-१ रावतकोमा भैँसी किन्ने बहाना आएका तीन जना अज्ञात व्यक्तिहरूले लुटपाट गरेका छन्। बिहीबार राति भैँसी किन्ने बहानामा आएका तीन जना अज्ञात व्यक्तिहरूले गाउँपालिका–१ रावतकोट बस्ने सेते खत्रीको घरमा आई नाम नखुलेको औषधि खुवाई लुटपाट गरेका दैलेख प्रहरीले जनाएको छ। सेतेकी श्रीमती ६९ वर्षीया माग्ली खत्री र छोरी ४८ वर्षीया नानकला खत्री बेहोस भएपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए। उनीहरूलाई उपचारका लागि दैलेख अस्पताल ल्याएकोमा थप उपचारका लाग