शनिवार दिउँसो बाटोमा हिँड्दा हिँड्दै ढलेर बेहोस भएका पाल्पाका एक पुरुषको गएराति मृत्यु भएको छ ।रैनादेवी छहरा गाउँपालिका–३ अमिलेका ४८ बर्षीय जितबहादुर आले शनिवार दिउँसो २ बजे घरबाट भैंसी किन्न हिँडेका थिए ।घरबाट निस्किएको केही समयमा नै अमिले गाउँकै दोबाटो भन्ने स्थानमा पुगेपछि बाटोमा ढलेर बेहोस भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएको थियो । गएराति उनको मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए ।