छोटी भन्सारको आयभन्दा व्यय बढी

मोरङका छोटी भन्सारबाट हुने आम्दानीभन्दा खर्च बढी हुने गरेको छ । मोरङ जिल्लामा भारतसँग ६३ किलोमिटर सीमा रहेकामा यस क्षेत्रमा नौवटा छोटी भन्सार छन् । यीमध्ये सञ्चालित तीन छोटी भन्सारको वार्षिक आम्दानी ती कार्यालय सञ्चालन खर्चभन्दा कम रहेको हो ।

सम्बन्धित सामग्री

नीति राम्रो, निरन्तरतामा शंका

भन्सार नाकाहरुमा भइरहेको चोरीपैठारीले धेरै राजस्व गुमेको भन्दै सरकारले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान आयात गर्दा भन्सार महशुल उठाउन सुरु गरेको छ । दक्षिण छिमेकी भारतसँग जोडिएका प्रमुख र छोटी भन्सार नाकामार्फत सर्वसाधारणले ल्याउने घरायसी सामानमा भन्सार महशुल लिन थालिएको हो । भन्सार ऐनमा एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार महशुल लाग्ने व्यवस्था […]

अझै खुलेन बन्द छोटी भन्सार

कैलाली । कैलालीको भजनी नगरपालिका–५ मा रहेको पृथ्वीपुर छोटी भन्सार दुई वर्षदेखि बन्द छ । कोरोना संक्रमण बढेपछि पहिलो चरणको बन्दाबन्दीसँगै बन्द भएको उक्त छोटी भन्सार सबै सीमानाका खुला भइसक्दा पनि सञ्चालनमा आउन नसकेको हो ।      छोटी भन्सार बन्द हुँदा भन्सार कार्यालय परिसर नाजुक अवस्थामा पुगिसकेको छ । कार्यालय परिसरमा झारपात उम्रनुका साथै भवन संरक्षण अभाव देखिएको छ । सरकारले भारतसँग सीमा जोडिएका सबै सीमानाका खुला गर्ने निर्णय गरे पनि बन्द भएको उक्त भन्सार सञ्चालनमा नआउँदा त्यहाँबाट संकलन हुँदै आएको राजस्व बन्द भएको छ ।      खक्रौलास्थित सत्ती भन्सार कार्यालय मातहतको उक्त छोटी भन्सार बन्द हुँदा त्यस क्षेत्रबाट चोरी तस्करीका घटनासमेत बढ्दै गएका छन् । भन्सार कार्यालय खुला हुँदा स्थानीयले भन्सार महसुल तिरेर घरायसी सामान ल्याउने गरेका थिए ।       भजनी नगरपालिका– ५ का सुरेन्द्र चौधरी भन्सार तथा आसपास क्षेत्रमा रातीको समय निकै हलचल हुने गरेको बताउँछन् । ‘यस क्षेत्रबाट चोरी तस्करीका सामान निकै आयात हुने गरेको छ । यो विषय सत्ती भन्सार, प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिलाई पनि थाहा छ’, उनी भन्छन्, ‘सबै तस्करसँग मिलेका छन् । कसैले केही बोल्ने कुरै भएन । कहिलेकाहीँ बार्गेनिङ नमिलेपछि मात्रै एक्सन लिने काम हुन्छ ।’ सत्ती भन्सार कार्यालयका प्रमुख विमलकुमार साह कोरोनाका कारण पहिलो चरणको बन्दाबन्दीको समय बन्द भएका देशभरका कुनै पनि छोटी भन्सार सञ्चालनमा आउन नसकेको बताउँछन् । भन्सार विभागबाट अख्तियारी नआएका कारण छोटी भन्सार सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ । ‘हामीले चाहेर पनि भन्सार खुला गर्न सक्दैनौं । विभागको अख्तियारी चाहिन्छ । त्यो अख्तियारी अहिलेसम्म आएको छैन’, भन्सार प्रमुख साह भन्छन्, ‘कुनै पनि छोटी भन्सार सञ्चालनमा आएका छैनन् । अख्तियारी आएपछि हामीलाई भन्सार सञ्चालनमा ल्याउन कुनै कठिनाइ छैन ।’      छोटी भन्सार बन्द भएकै कारण चोरी तस्करीका घटना नबढे पनि राजस्व संकलन भने बन्द भएको छ । वार्षिक करिब ४० लाखभन्दा भन्दा बढी राजस्व संकलन छोटीबाट हुँदै आएको थियो । दुई वर्षदेखि राजस्व सञ्चालन हुन नसकेको उनले बताए । साह भन्छन्, ‘घरायसी सामान ल्याउनेबाट सामान्य भन्सार रकम संकलन हुने गरेकामा अहिले त्यसको निगरानी गर्ने कोही छैन । भन्सार बन्द हुँदा घरायसी सामान ल्याउन बन्द गर भन्न सकिँदैन ।’ रासस

भण्टावारी नाकाबाट आईसीपीमा भित्रिए २२२ ओटा मालवाहक सवारी(अपडेट)

पुस २८, विराटनगर । आयात निर्यातका लागि भारतको भीमनगर र नेपालको भण्टावारी नाका सुचारु भएपछि बुधवार २२२ ओटा मालबाहक सवारी विराटनगर आइसीपीको यार्डमा आइपुगेका छन् । मालबाहक सवारीको चेकजाँच र भन्सार जाँचपास बिहीवारबाट हुने भन्सार कार्यालयले बताएको छ ।  विहान पूर्वपश्चिम राजमार्गमा सवारीको चाप हुने भएकाले बेलुका नौ बजेबाट प्रहरीको निगरानीमा भण्टाबारी नाकाबाट विराटनगरको आईसीपीसम्म मालबाहक ल्याउने र भन्सार चेकजाँच बिहीवारबाट गर्ने व्यवस्था मिलाइएको भन्सार अधिकृत अमित तिवारीले जानकारी दिए।   पाँच दिनदेखि निकासी पैठारी ठप्प भएको विराटनगर नाकामा भारतलगायतका तेश्रो मुलुकबाट आउने मालबाहकका लागि सुनसरीको भण्टावारी नाका भने मंगलवारबाट सुचारु गरिएको थियो । सोमवार नेपालको भन्सार विभागले र मंगलवार भारतीय भन्सार विभागले रि - रुटका लागि अनुमति दिएपछि ११६ किलोमिटर घुमेर मालबाहक सवारी विराटनगर भन्सार आउन थालेका हुन् ।  विराटनगर भन्सार कार्यालयबाट चार किलोमिटर दक्षिण पश्चिममा भारतमा रहेको मिरगञ्जको बेलीब्रिज भासिएपछि विराटनगर नाकाबाट हुने निकासी पैठारी ठप्प भएको थियो । जसका कारण विराटनगर भन्सार कार्यालयले दैनिक १४ करोड ५० लाख राजस्व गुमाउँदै आएको थियो ।  चार दिनदेखि जोगवनी र भण्टावारी नाका जाने सडकमा ६०० भन्दा बढी मालबाहक अलपत्र परेर बसेका थिए । ती सवारी विस्तारै सुपौल जिल्लाको विरपुरतर्फ लागेका छन् । जहाँ भारततर्फ भीमनगर भन्सार छ भने नेपालतर्फ भण्टावारी छोटी भन्सार छ ।  भारतबाट भण्टावारी नाका हुँदै मालवाहकले नेपाल प्रवेश पाएपनि भण्टावारीमा नै भन्सार भने काट्न मिल्दैन । त्यसैले प्रहरीको सुरक्षा निगरानीमा मालवाहक सवारी सिल लगाएरै विराटनगर भन्सार कार्यालयमा आएपछि मात्र भन्सार जाँचपास भएर मात्र गन्तव्यसम्म जाने भन्सार प्रमुख सापकोटाले बताए ।  विराटनगर नाकाबाट दैनिक ३०० ओटा मालबाहक आवत जावत गर्ने गर्ने गरेका छन् ।    यो पनि हेनुस् : रि - रुट अनुमति पाएपछि भण्टावारी नाकाबाट शुरु भयो आयात निर्यात

रि - रुट अनुमति पाएपछि भण्टावारी नाकाबाट शुरु भयो आयात निर्यात

पुस २७, विराटनगर । पाँच दिनदेखि निकासी पैठारी ठप्प भएको विराटनगर नाकाबाट मंगलवार साँझदेखि आयात निर्यात शुरु भएको छ  मंगलवार साँझ सात बजेसम्ममा भारतबाट पाँच दर्जन मालवाहक सवारी नेपाल प्रवेश गरेका छन् । सोमवार नेपालको भन्सार विभागले र मंगलवार भारतीय भन्सार विभागले रि - रुटका लागि अनुमति दिएपछि ११६ किलोमिटर घुमेर मालबाहक सवारी विराटनगर भन्सार आउन थालेका हुन् ।  विराटनगर भन्सार कार्यालयबाट चार किलोमिटर दक्षिण पश्चिममा भारतमा रहेको मिरगञ्जको बेलीब्रिज भासिएपछि विराटनगर नाकाबाट हुने निकासीपैठारी ठप्प भएको थियो । जसका कारण विराटनगर भन्सार कार्यालयको दैनिक करीब १४ करोड ५० लाख रुपैयाँ राजस्व गुमिरहेको थियो । पाँच दिनमा विराटनगर भन्सार कार्यालयले संकलन गर्नुपर्ने ६० करोड रुपैयाँ राजस्व संकलन गर्न सकेन ।  पाँच दिनदेखि जोगवनी र भाण्टावारी नाका जाने सडकमा ६०० भन्दा बढी मालबाहक अलपत्र परेर बसेका थिए । ती सवारी विस्तारै सुपौल जिल्लाको विरपुरतर्फ लागेका छन् । जहाँ भारततर्फ भीमनगर भन्सार छ भने नेपालतर्फ भण्टावारी छोटी भन्सार छ ।  नेपालको भन्सार विभागले भारतीय पक्षबाट स्वीकृती आएमा तत्कालका लागि सुनसरीको नेपाल भारत सीमामा रहेको भण्टावारी नाका प्रयोगको अनुमति सोमवार साँझनै दिएको थियो । तर भारतको भन्सार विभाग र जिल्ला अधिकारीको कार्यालयले यस बारेमा माथिल्लो निकायमा पत्र लेखेपनि त्यसको जवाफ नआएकाले कुन नाका प्रयोग गर्न दिने भन्ने अन्यौलताका कारण नेपाल भारत निकासी र पैठारी रोकिएको थियो ।  विराटनगर भन्सार कार्यालय प्रमुख ताराप्रसाद सापकोटाका अनुसार भण्टावारी नाका हुँदै विराटनगरको आईसीपी सम्म आइपुग्दा मालवाहकलाई झण्डै ११६ किलोमिटरको यात्रा तय गर्नुपर्छ । चार वर्ष अघि पनि मिरगञ्जको पुल भासिदा मालबाहक सवारीलाई भण्टावारी नाकाबाटै नेपाल प्रवेश दिइएको थियो ।  भारतबाट भण्टावारी नाका हुदै मालवाहकले नेपाल प्रवेश पाएपनि भण्टावारीमा नै भन्सार भने काट्न मिल्दैन । त्यसैले नेपाल प्रहरीको सुरक्षा निगरानीमा मालवाहक सवारी सिल लगाएरै विराटनगर भन्सार कार्यालयमा आएपछि मात्र भन्सार जाँचपास भएर मात्र गन्तव्यसम्म जाने भन्सार प्रमुख सापकोटाले बताए ।  भन्सार अधिकृत अमित तिवारीका अनुसार विराटनगर भन्सारको दैनिक राजस्व संकलनको लक्ष्य १४ करोड ५० लाख रुपैयाँ भएपनि पुस भासिएपछि भारतलगायत तेश्रो मुलुकबाट दैनिक उपभोग्य वस्तु र कच्चा पदार्थसमेत नआएकाले पाँच दिनमा झण्डै ६० करोड रुपैयाँ राजस्व संकलन हुनु पर्नेमा संकलन हुन सकेन ।  फलामको पुलभन्दा एक किलोमिटर उत्तरतर्फ मोटरेबल पुल बनिसकेकाले त्यो दुई महीना भित्रमा चालू भएपछि जोगवनी नाकामा आउजाउ गर्ने मालवाहकको समस्या स्थायी रुपमा समाधान हुने छ । विराटनगर नाकाबाट दैनिक ३०० ओटा मालबाहक आवतजावत गर्ने हुने गरेको छ ।

‘नेपाल–भारत सीमाक्षेत्रको व्यापार व्यवस्थित गर्न छुट्टै कार्यविधि आवश्यक’

काठमाडौं । नेपाल–भारतको खुला सीमाका कारण हुने गैरकानूनी व्यापार व्यवसायलाई व्यवस्थित गर्न छुट्टै कार्यविधि आवश्यक देखिएको प्रदेश नं.२ का व्यवसायीहरूले बताएका छन् । सबैभन्दा बढी राजस्व संकलन गर्ने प्रदेशमा ४६४ किलोमीटर खुला सीमा रहेको हुँदा यस क्षेत्रको व्यापार व्यवसायलाई थप व्यवस्थित गराई गैरकानूनी व्यापार रोक्न कार्यविधि आवश्यक भएको उनीहरूले बताएका हुन् । न्यू बिजनेश एज प्रालिले  नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २, नेपाल–भारत सुसिओ इकोनोमी फोरम र नेपाली युवा उद्यमी फोरम वीरगञ्जको सहकार्यमा (सीमावर्ती क्षेत्र) उद्यम व्यापार, सम्भावना समस्या र समाधान कसरी ?’ भन्ने विषयमा आइतवार आयोजना गरेको भर्चुअल कार्यक्रममा सहभागी व्यवसायीहरूले यस्तोे सुझाव दिएका हुन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठले सिमाना क्षेत्रमा कारोबार तथा व्यापार गर्न संघीय सरकारबाटै यस किसिमको पहल आवश्यक भएको बताए । सीमाक्षेत्रको कारोबार गर्ने निश्चित क्षेत्र, कुन विधिबाट व्यापार तथा कारोबार गर्दा सहज हुन्छ भन्नेजस्ता विषय कार्यविधिमा आए थप सहज हुने उनको धारणा छ । लाठले नेपाली क्षेत्रमै आयातित वस्तुहरू सामातेर भारततर्फ पुनः निकासी गर्न लागेको भन्ने शंकाका आधारमा समात्नु गलत भएको बताए । ‘व्यापारीहरूले कसरी हामी राम्रो काम गरेका छौं भनेर प्रमाणित गर्ने उपाय चाहियो,’ लाठले भने, ‘मालसामानको दुईनम्बरी पनि हुन नपाओस् र राम्रो काम गर्ने व्यापारीको पूँजी पनि नडुबोस् भन्ने विषयमा प्रशासन र व्यवसायीबीच व्यापक छलफल जरुरी छ ।’ कार्यक्रममा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले केही नीतिगत कठिनाइ भए पनि सरकारको नीति व्यवसायीलाई सहजीकरण गर्ने नै भएको बताए । उनले करछली गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्ने र अस्वस्थ प्रतिस्पर्धालाई पनि नियन्त्रण गर्नुपर्ने बताए । ‘एउटै सामानको मूल्य ठाउँठाउँमा फरक छ, यसले अस्वस्थ प्रतिस्पर्धा बढाएको छ,’ उनले भने, ‘भारतबाट ढुवानी गरेर ल्याउँदा लाग्ने लागतभन्दा अत्यधिक मूल्य स्थानीय बजारमा नगर्ने हो भने चोरी निकासी घट्छ ।’ यसका लागि भन्सारले टीएलसी प्रणालीमार्फत काम गर्ने तयारी गरेको उनले जानकारी दिए । केही व्यवसायीले छोटी भन्सार खुला गर्नुपर्ने बताए पनि आफूहरू त्यसको पक्षमा नभएको उनले स्पष्ट पारे । ‘अहिले मुख्य नाकाबाट आउने सामानसमेत वीरगञ्ज भन्सारको क्षमताभन्दा कम छ त्यसैले सबै नाका तथा छोटी भन्सार खोल्नुपर्छ भन्ने पक्षमा हामी छैनौं किनभने यसले झनै चोरी निकासी बढाउँछ,’ उनले भने । कार्यक्रममा प्रदेश नं. २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले कानूनसम्मत काम गरिरहेका व्यवसायीलाई सुरक्षा दिने, सहजीकरण गर्ने, आवश्यक परेको खण्डमा एस्कटिङ पनि गर्ने गरेको बताए । तर, गैरकानूनी काम गर्नेलाई भने नियन्त्रण गर्न कडा बन्ने उनले प्रस्टाए । कार्यक्रममा न्यू बिजनेश एज प्रालिका अध्यक्ष मदन लम्सालले सीमामा हुने व्यापार तथा व्यवसायलाई सघाउ पुग्ने गरी सघन छलफल गर्न आवश्यक भएको बताए । यो प्रदेश आर्थिक र व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण भएको भन्दै सिमानासँग जोडिएको भारतको ४० प्रतिशत जनसंख्यासहितको बजार भएकाले सम्भावना अथाह भएको उनले उल्लेख गरे । केही अवैध व्यापारका कारण वास्तविक व्यापारी झमेलामा परेको उल्लेख गर्दै उनले समस्या न्यूनीकरण गरी अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले आवश्यकभन्दा बढी वस्तुहरू आयात गर्ने प्रचलनले स्वाभाविक रूपमा भारततर्फ निर्यात हुने स्पष्ट देखिएको बताए । ‘हामीले यस्ता गैरकानूनी व्यापारहरू रोक्न चाहिरहेका छौं,’ उनले भने, ‘सुपारी, ल्वाङ, केराउहरू आवश्यकताभन्दा बढी आयात भएकाले यसलाई आवश्यकताअनुसार आयात गर्ने प्रावधान मिलाउनुपर्छ ।’ सीमाक्षेत्रमा रहेको बसोवास तथा जीवनस्तरलाई उकास्नतर्फ पनि ध्यान दिन जरुरी भइसकेको उनको भनाइ छ । सीमाक्षेत्रमा रहेका बालबालिकाको पढाइलेखाइमा स्तरोन्नति गरी अन्य पेशातर्फ पनि ल्याउन नसकेसम्म गैरकानूनी व्यापारले प्रश्रय पाइरहने गुप्ताले बताए । सीमाक्षेत्रबाट बढी तस्करी हुने सामग्रीहरू (जस्तै कपडा) को पहिचाहन गरी त्यसलाई रोक्न संयन्त्र बनाउनुपर्नेमा उनको जोड छ । सीमाक्षेत्रको लाभ लिन र सदुपयोगका लागि सीमाक्षेत्रभन्दा ५० किलोमीटरभित्र राम्रो बजार, बसोवास राम्रो गराउन ‘ह्याप्पी बोर्डर’को अवधारणालाई नियमित रूपमा उठान गरिएको उनको भनाइ छ । यसैगरी व्यवसायी पण्डितप्रसाद जैसवालले अहिले मुख्य सीमा १४ महीनादेखि बन्द भए पनि यसका सहायक क्षेत्रबाट सामानहरू आयात निर्यात भएको बताए । यसले गर्दा व्यापार र राजस्व संकलनमा समस्या भएको भन्दै उनले मुख्य नाका खुला गरी अन्य वैकल्पिक बाटाहरू बन्द गर्नुपर्नेमा जोड दिए । ‘भारतबाट ल्याएका सामानहरू बोर्डर क्षेत्रमा गैरकानूनी रूपमा ल्याएर राखिएको छ, भने निर्बाध रूपमा भन्सारमा ल्याई कारबाही गर्नुपर्छ,’ उनले भने, ‘तर, मूल्यअभिवृद्धि कर, भ्याट नम्बर लिएर कानूनी रूपमा सामान ल्याउँदा पनि शंकाकै आधारमा व्यापारीलाई दुःख दिनु भएन ।’ कार्यक्रममा व्यवसायी विकास ठाकुरले खुला सीमाका कारण स्थानीय रिटेल व्यवसाय गर्ने व्यापारी तथा व्यवसायीहरू बढी प्रभावित भएको बताए । सीमा नजिकका स्थानीयले आप्mनो दैनिक जीविकाका लागि सामग्रीहरू ल्याउने हुँदा स्थानीय व्यवसाय थलिएको उनले बताए । उनले यसका लागि स्थानीय व्यापारलाई चलायमान बनाउन पनि जागरुकता अभियान चलाउन आवश्यक भएको उल्लेख गरे । कार्यक्रम ओमप्रकाश खनालले सहजीकरण गर्नुभएको थियो ।

कुमरखोद छोटी भन्सार : आम्दानीभन्दा खर्च धेरै

भन्सार भन्ने बित्तिकै बढी राजस्व सङ्कलन हुने अड्डा र त्यसै कारणले कर्मचारीको पनि रोजाइमा पर्ने भन्ने हुन्छ