भारतीय मूलका ऋषि सुनक बेलायतको आगामी प्रधानमन्त्री हुने भएका छन् । उनी कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएका छन् । योसँगै उनी एसियाली मूलका बेलायतको पहिलो प्रधानमन्त्री बन्ने छन् । सर ग्राहम ब्राडीले सोमबार यसको औपचारिक घोषणा गरे।यो घोषणा पछि, समाचार एजेन्सी एएनआईले उनका ससुरा र इन्फोसिसका संस्थापक एनआर नारायण मूर्तिसँग कुरा गरेको छ । एएनआईसँग कुरा गर्दै नारायण मूर्तिले भने, ‘बधाई छ ऋषि । हामीलाई उनीमाथि गर्व छ र हामी उनको यो सफलतामाथि बधाई दिन्छौँ । हामीलाई पूरा विश्वास छ कि उनी