बन्चरेडाँडाको समस्या सुनाउन नुवाकाेटका जनप्रतिनिधिले भेटे प्रधानमन्त्री
नुवाकोटका सांसदहरूले काठमाडौंको फोहोर बिसर्जन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल साइडका कारण स्थानीयवासीको जीवन नारकीय बनेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
२० मंसिर, काठमाडौं । उद्यमी–व्यवसायीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवासँगको भेटमा उनीहरुले अर्थतन्त्रमा देखिएका समस्याबारे छलफल गरेका छन् । भेटमा प्रधानमन्त्री देउवाले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल गर्ने आश्वासन दिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । महासंघका पदाधिकारीसहितको प्रतिनिधिमण्डलसँग मंगलबार बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले अर्थमन्त्रालय र राष्ट्र […]
काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई भेटेका छन्।
मेयर साहले आज भट्टराई निवासमै पुगेर उनलाई भेटेका हुन्। भेटमा काठमाडौँको समस्या र योजनाबद्ध विकासबारे छलफल भएको भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गरेक...
प्रधानमन्त्री शेरबहादुर देउवालाई धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भेटेका छन्। सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएर धनगढी पुगेका प्रधानमन्त्री देउवालाई मेयर हमालले भेटेका हुन्।भेटमा मेयर हमालले प्रधानमन्त्री देउवालाई धनगढीका विभिन्न समस्याको समाधानका लागि लिखित रुपमै माग गरेका छन्। ‘धनगढी डुबानको समस्या समाधानका लागि संघीय सरकारबाट बजेट विनियोजन गरिदिन माग गरेको छु,’ मेयर हमालले भने, ‘धनगढीको मुख्य सडकअन्तर्गत कैलाली पुलदेखि क्याम्पस चोकसम्म सडक निर्
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् ।काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र (बालेन) शाहसँगको भेटका क्रममा बुधबार प्रधानमन्त्री देउवाले महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग रहने बताएका हुन् । भेटमा प्रधानमन्त्रीले साहलाई कामपाको प्रमुखमा विजय भएकामा बधाईसमेत दिएका थिए ।प्रमुख शाहले […]
काठमाडौं । केन्द्रीय बैंकको निर्देशनमा वाणिज्य बैंकहरूले चैत २२ गतेदेखि सवारीसाधन आयातको एलसी खोलेका छैनन् । यसबाट सिंगो व्यवसाय धरापमा परेको भन्दै अटो व्यवसायी दौडधुपमा छन् । तैपनि एलसीमा लगाइएको अघोषित प्रतिबन्ध तत्काल फुकुवा हुने छाँटकाँट देखिएको छैन ।
सवारीसाधनको एलसी खोल्न दबाब दिने क्रममा अटो व्यवसायीहरूको संस्था नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीले चैत अन्त्यतिरै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । आइतवार उनीहरूले अर्थमन्त्री जनार्दन शर्मालाई भेटे । उच्च तहमा भेटघाट बढाएका अटो व्यवसायीले अहिलेसम्म आश्वासनबाहेक केही नपाएको गुनासो गरेका छन् ।
एशोसिएशनका अनुसार अटो व्यवसायमा ३ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी लगानी छ । यो क्षेत्रले हरेक वर्ष १ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी राजस्वमा योगदान गर्छ । ९८ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको क्षेत्र एलसी रोकिएका कारण अस्तव्यस्त बनेको व्यवसायीको गुनासो छ ।
एशोसिएशन अध्यक्ष ध्रुव थापाले विदेशी विनिमय सञ्चिति कम भएको देखाएर एलसीमा रोक लगाउनु उचित नभएको भन्दै अघोषित प्रतिबन्ध हटाउन आफूहरू लागिपरेको बताए । ‘यस्तो कुनै मुलुकले पनि गर्दैनन्, तर नेपालमा गरियो,’ उनले भने, ‘यसबाट बा⋲य मुलुकमा नेपालका बैंकहरूले कर्जा दिन नसक्दा सवारीसाधन आयातको एलसी खोल्नै छाडे भन्ने सन्देश गएको छ, यो राम्रो होइन ।’
नाडाका पदाधिकारीलाई अर्थमन्त्री शर्माले भेटमा आयात नै बन्द गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारेका थिए । भेटमा नाडाका पदाधिकारीले गाडीको एलसीमा लगाइएको रोक फुकुवा गर्न आग्रह गरेका थिए । नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठले गाडी आयात रोकिँदा देशमा पर्न सक्ने असरबारे अर्थमन्त्री शर्मालाई विस्तृत जानकारी गराएका थिए ।
राष्ट्र बैंकको मौखिक निर्देशनमा वाणिज्य बैंकहरूले गाडीलगायत विलासी वस्तुको एलसी खोल्न छाडेपछि ठूलो लगानी भएको अटो क्षेत्र संकटमा परेको व्यवसायीको भनाइ छ । नाडा अध्यक्ष थापाका अनुसार यतिबेला पहिले अर्डर गरेका सवारीसमेत अड्किएका छन् ।
चैत २५ गते एशोसिएशनले समस्या राख्दा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थप बुझेर अघि बढ्ने’ आश्वासन दिनुभएको थियो । प्रधानमन्त्रीको आश्वासन आएको हप्ता नाघे पनि एलसी नखुल्दा व्यवसायी निराश छन् । सरकारले गाडी आयात सहज नबनाए अटो व्यवसाय नै धराशयी हुने व्यवसायीको भनाइ छ ।
प्रधानमन्त्री देउवाले व्यवसायीलाई अर्थमन्त्रीसामु समस्या राख्न पनि सुझाव दिनुभएको थियो । सोहीअनुसार व्यवसायीले अर्थमन्त्री भेटेका हुन् । भेटमा अर्थमन्त्रीबाट आश्वासन मात्रै पाएको उनीहरूको भनाइ छ । अर्थमन्त्री शर्माले अझै केही समय धैर्य गर्न आग्रह गरेका छन् । एशोसिएशनले कामु गभर्नर नीलम ढुंगाना तिम्सिनालाई समेत भेटेर समस्या राख्ने तयारी गरेको छ । व्यवसायीले राष्ट्र बैंकको पछिल्लो नीतिले व्यवसाय नै संकटमा परेको भन्दै एलसीमा सहजीकरण गरिदिन आग्रह गर्ने बताएका छन् ।