प्रधानमन्त्री देउवालाई धनगढीका मेयर हमालले भेटे

प्रधानमन्त्री शेरबहादुर देउवालाई धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भेटेका छन्। सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएर धनगढी पुगेका प्रधानमन्त्री देउवालाई मेयर हमालले भेटेका हुन्।भेटमा मेयर हमालले प्रधानमन्त्री देउवालाई धनगढीका विभिन्न समस्याको समाधानका लागि लिखित रुपमै माग गरेका छन्। ‘धनगढी डुबानको समस्या समाधानका लागि संघीय सरकारबाट बजेट विनियोजन गरिदिन माग गरेको छु,’ मेयर हमालले भने, ‘धनगढीको मुख्य सडकअन्तर्गत कैलाली पुलदेखि क्याम्पस चोकसम्म सडक निर्