काठमाडौं। बिहीबार भेरी अञ्चल अस्पतालका डाक्टर र नर्समाथि भएको दुर्ब्यवहारको नेपाली कांग्रेसले निन्दा गरेको छ। 'स्वास्थ्यकर्मीहरुमा डर र त्रास उत्पन्न भएका कारण अस्पतालको कामसमेत प्रभावित भइ बिरामीहरुको उपचारमा समेत गम्भीर असर परेको घटनालाई हामीले गम्भीरताका साथ लिएका छौं। नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समिति स्वास्थ्यकर्मीमाथि भएको यस्तो आक्रमणको निन्दा गर्दछ', डा. प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।