युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

एजेन्सी । युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका देशहरूलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था गरिएको सोमबार जानकारी दिइन् ।खोप उत्पादकहरुले ठूलो मात्रामा खोप उपलब्ध गराउने आश्वासन दिइसकेको पनि उनले बताइन् ।  प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येका खोपहरू ल्याउने तयारी भएको उनको भनाइ छ । युरोपेली संघले बायोएनटेक, अस्ट्राजेनिका र मोडर्नाको खोप प्र

सम्बन्धित सामग्री

धनी देशमा १० करोड खोप कुहाएर राखिँदै, गरीब देशलाई अभाव

धनी देशहरूले जम्मा गरेर राखेको १० करोड कोभिड खोप यस वर्षको अन्त्यसम्ममा बर्बाद हुने भएका छन् ।  साइन्टिफिक इन्फर्मेसन यान्ड एनालाइटिक्स कम्पनी एयरफिनिटीको अनुसन्धानले यो कुरा पत्ता लगाएको हो । अनुसन्धानका अनुसार, उत्तरी गोलार्धमा धनी देशहरूले स्टक गरेर राखेको १० करोड खोप डिसेम्बर २०२१ सम्म उपयोग नगरिएमा नष्ट हुनेछन् ।  दश करोड खोपमा ४१ प्रतिशत युरोपेली संघ र ३२ प्रतिशत अमेरिकासँग छ ।  अमेरिकाका राष्ट्रपति जो बाइडनले आयोजना गर्न लागेको खोप शिखर सम्मेलनमा बाँकी रहेको खोपको डोजका विषयमा योजना बनाउने ...

युरोपेली संघले थोरै आय भएका देशलाई १० करोड डोज खोप दिने

ब्रसेल्स । युरोपेली संघ (ईयू)ले थोरै तथा मध्यम आय भएका मुलुकहरुका लागि १० करोड डोज खोप उपलब्ध गराउने भएको छ । कोरोनाभाइरसको महामारीमा परेका ती देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोनाभाइरसविरुद्धको खोप संघले दिने भएको हो । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले सो खोप ती देशहरुलाई यस वर्षको अन्त्यसम्ममा उपलब्ध...

ईयूले सदस्य राष्ट्रमा मासिक १० करोड डोज कोरोना भ्याक्सिन पठाउँदै

युरोपेली संघ (ईयू) ले सदस्य राष्ट्रहरूमा मासिक १० करोड डोज कोरोना भ्याक्सिन (खोप) पठाउने निर्णय गरेको छ।आउँदो अप्रिलदेखि २७ देशमा रहेका ४४ करोड ६० लाख मानिसलाई कोरोनाबाट सुरक्षित राख्न मासिक १० करोड डोजका दरले खोप पठाउन लागिएको संघले जानकारी दिएको छ।संघले बायोएनटेक, अस्ट्राजेनिका र मोडर्नाको खोप प्रयोग गर्न अनुमति दिइसकेको छ। यी मध्येकै खोप प्रयोग गर्ने संघले जनाएको छ।