काठमाडौँ : स्मार्टफोन वा ट्याबको प्रयोगले आफ्नो बच्चा अरू बालबालिकाभन्दा अगाडि बढ्न मद्दत गर्छ भन्ने लाग्छ भने सावधान हुनुपर्ने भएको छ। बालबालिकामा स्मार्टफोनको बढ्दो प्रयोग उनीहरूको भविष्यका लागि खतराको घण्टी हो।एक विश्वव्यापी सर्वेक्षणले सार्वजनिक गरेका तथ्य पढेपछि हरेक अभिभावक सचेत हुन आवश्यक छ। यो सर्वेक्षणको नतिजा चिन्ताजनक छ। बालबालिकालाई जति कम उमेरमा स्मार्टफोन दिइन्छ त्यति नै छिटै उनीहरूमा युवा वयस्क हुँदा मानसिक स्वास्थ्य समस्या हुने सर्वेक्षणले देखाएको छ।सर्वेक्षणको नत