चम्पादेवी डाँडोमाथि सूर्यास्तको सुन्दर दुश्य चम्किरहेको थियो । राजधानी शहर सन्ध्यालाई स्वागत गर्ने तरखरमा थियो ।घण्टाघरको घडीले साँझको पाँच बजेको संकेत गर्दै हुँदो हो । राजधानीको सातदोबाटोस्थित अनु बुक्समा बालबालिकाहरु उत्सवमय रौनकमा रमाउँदै थिए । विभिन्न रंगमा सजिएका रंगिन बाल कुर्चीहरु आ–आफ्नै सुरमा यत्रतत्र रमाइरहेका बालबालिकाको प्रतीक्षामा देखिन्थे । सारंगी र मादलको कलात्मक तालमा सुरिलो […]