तत्काल राष्ट्रव्यापी लकडाउन नहुने, स्वास्थ्य प्रोटोकल पालना गर्न मन्त्री ज्ञवालीको अपिल

कोरोना संक्रमण बढ्दै गएपनि सरकारले तत्काल राष्ट्रव्यापी लकडाउन नगर्ने भएको छ । गत वर्षको लकडाउनका कारण थलिएको अर्थतन्त्र तंग्रिन लागेकाले जनताको जीविकामा प्रभाव नपरोस् भन्नेमा सरकार सचेत रहेको एक प्रभावशाली मन्त्रीले बताएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य प्रोटोकल पालना गराउने पक्षमा सरकार रहेको बताएका हुन् ।  ‘तत्काल राष्ट्रव्यापी लकडाउन गर्दैनौं, अहिलेको आग्रह स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने नै छ । अर्थ...

सम्बन्धित सामग्री

कोरोना संक्रमण बढ्न थालेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयको अपिल

काठमाडौं, ६ साउन । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले १० बुँदे सुचना जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेका हुन् । वढदो वर्तमान संक्रमणको अवस्थासँगसँगै बढ्दो जोखिमलाई मध्य नजर गरी मन्त्रालयले सुचना जारी गर्दै संक्रमण रोकथाम, नियन्त्रण गर्दै जोखिमलाई काम गर्न सम्बद्ध […]

भारतमा कोरोनाको सङ्क्रमण बढेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न अपिल

काठमाण्डाै – सरकारले छिमेकी भारतमा कोरोनाको सङक्रमण बढेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम रहेको जनाएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले उच्च प्राथमिकताका साथ खोप अभियान सञ्चालन गरेकाले खोप लगाउन र समयका पुगेकालाई बुस्टर डोज लगाउन आग्रह गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले विज्ञप्ति निकालेर सङक्रमण भित्रिन र फैलन नदिन थप जिम्मेवा...

स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरि पर्व मनाउन प्रचण्डकाे अपिल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना त्रास कायमै रहेकाले  स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन सबैमा अपिल गरेका छन् ।  छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै...

स्वास्थ्य मापदण्डको पालना गरी चाडपर्व मनाउन अपिल

नेपाल  कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।  अध्यक्ष ‘प्रचण्ड’ले आज शुभकामना सन्देश दिँदै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ–आफ्नै पृष्ठभूमि रहेकाले पनि अविभाज्य र एकतावद्ध र

कोरोना नियम पालना नगर्ने ब्राजिली राष्ट्रपतिलाई जरिवाना

एजेन्सी। एक सार्वजनिक कार्यक्रममा कोरोनासम्बन्धी सुरक्षा नियम पालना नगरेको आरोपमा ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारोलाई जरिवाना गरिने भएको छ। ब्राजिलले महामारी रोक्न निरन्तर संघर्ष गर्दै आएको छ।मारान्हो राज्यका गभर्नर फ्लेभियो डिनोले शुक्रबार स्वास्थ्य सुरक्षा नियम पालना नगरेकाले राष्ट्रपति बोलसोनारोले जरिवाना तिर्नुपर्ने बताएका हुन्। बोलसोनारोले १५ दिनभित्र कार्यालयमा अपिल गर्न पाउने छन्, त्यसपछि उनलाई लगाइने जरिवाना तोकिने छ।

कोभिडबाट बच्न सरकारको अपिल

काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड१९ को सङ्क्रमण तीव्र गतिमा फैलिरहेको हुँदा जनस्वास्थ्यका मापदण्डको संवेदनशील भई कडा पमा पालना गर्न सर्वसाधारणमा अपिल गरेको