कोरोना नियम पालना नगर्ने ब्राजिली राष्ट्रपतिलाई जरिवाना

एजेन्सी। एक सार्वजनिक कार्यक्रममा कोरोनासम्बन्धी सुरक्षा नियम पालना नगरेको आरोपमा ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारोलाई जरिवाना गरिने भएको छ। ब्राजिलले महामारी रोक्न निरन्तर संघर्ष गर्दै आएको छ।मारान्हो राज्यका गभर्नर फ्लेभियो डिनोले शुक्रबार स्वास्थ्य सुरक्षा नियम पालना नगरेकाले राष्ट्रपति बोलसोनारोले जरिवाना तिर्नुपर्ने बताएका हुन्। बोलसोनारोले १५ दिनभित्र कार्यालयमा अपिल गर्न पाउने छन्, त्यसपछि उनलाई लगाइने जरिवाना तोकिने छ।