काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री दाहाल जाजरकोट प्रस्थान गरेका हुन् । गए राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ । भूकम्पमा परी दुई जिल्लामा ठूलो मानवीय क्षति भएको छ ।