काठमाडौं : नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ।
आजको बैठकले पार्टीको आगामी कदमबारे टुंगो लगाउन सक्ने नेताहरूले बताएका छन्। पार्टी कारबाहीमा परेका माधव नेपालसहित उनी पक्षका ११ जना नेताबाहेक बैठकमा २ सय ५६ जना लाई बोलाइए पनि माधव नेपाल पक्षका नेताहरू भने बैठकमा सहभागी भएका छैनन्।
आजको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा यस कमिटीलाई एमाले केन्द्रीय कमिटीका रुपमा रुपान्तरण गर्दै आयोजक कमिटीलाई भंगको घोषणा गरिने बताइएको छ।...