धनकुटा : मतदाता शिक्षा प्रभावकारी नहुँदा धनकुटामा १४ हजार बढी मत बदर भएको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनका परिणाम आइसक्दा मतदाता शिक्षाको कमिका कारणले धनकुटा प्रत्यक्ष तथा समानुपातिक गरी १४ हजार ३ सय १८ मत बदर भएको पाइएको हो।जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठका सबै मतगणना सकिँदा प्रत्यक्षमा ५ हजार ३ सय ४ र समानुपातिकतर्फ ९ हजार १४ मत बदर भएको छ। समानुपतिकको मत प्रत्यक्षमा भन्दा ३ हजार ७ सय १० बढी बदर छन्।प्रतिनिधिसभाको एक तथा प्रदेशसभाको दुई गरी ३ वटा निर्वाचन क्षेत्र रहेको