नेपाली सेनाले एकीकरण पदयात्रा सुरु गरेको छ । शनिबार बिहान यात्रामा निस्केका सैनिक टोलीलाई बिदाइ गरिएको छ । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोषबल्लभ पौडेल र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले टर्च दिएर टोलीलाई बिदाइ गर्नुभएको हो ।
नेपाल समाचारपत्र, काभ्रे । ‘यात्रा स्वभिमानको, इतिहास एकीकरणको’ भन्ने अभियान बोकेर नेपाली सेना कालीजंग गण धुलिखेलले फागुन २९ गते शनिबार एकीकरण पदयात्रा गर्ने भएको छ । अघिल्लो वर्षको फागुन २४ गते पर्यटन वर्षलाई समेत लक्षित गरी अयोजना गरिएको कार्यक्रम कोरोना भाइरसका कारण स्थगित गरिएको थियो । नेपाली सेनाको तत्कालीन विष्णु दल गणले काभ्रेपलाञ्चोक जिल्लामा विसं […]
काठमाडौं । नेपाली सेनाले राष्ट्र एकीकरणको स्मरण गर्दै गोरखादेखि काठमाडौंसम्म ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ । सेनाले पुस २७ गते जंगी अड्डामा २९९ औँ ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाउँदै छ ।
सोही सन्दर्भमा गोर्खाली सेनाद्वारा विजय अभियानको लागि प्रयोग भएका पदमार्गहरु गोरखा देखि धादिङ, नुवाकोट हुँदै काठमाडौं जंगी अड्डासम्म सञ्चालन हुने ‘एकीरण पदयात्रा’ आज (मंगलबार) गोरखा दरबारबाट सुरु भएको सेनाले जनाएको छ ।
बिभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रम, अन्तर्क्रिया तथा प्रवचनको कार्यक्रमहरु समावेश रहने उक्त पदयात्राको दौरान राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालिन सैनिक पोशाकमा सोही समयमा खडा भएका नेपालका पहिला पाँचवटा युनिटहरुको निशान झन्डा संलग्न भएको छ ।
कार्यक्रममा नेपाली सेना लगायत स्थानीय, सरकारी, गैर सरकारी निकायहरु र सर्वसाधारणको समेत सहभागिता रहेको छ । यस प्रकारका कार्यक्रमले नेपालको इतिहासको जगेर्ना गर्दै राष्ट्रिय एकताको भावनामा अभिबृद्धी हुने विश्वास नेपाली सेनाले लिएको छ ।
नेपाली सेनाले यस वर्ष पनि एकीकरण पदयात्रा गरेको छ । नेपाल एकीकरणको उद्गमस्थल गोरखाबाट काठमाण्डौसम्म हिडेको टोलीलाई मंगलबार बिहान गोरखाबाट बिदाइ गरिएको छ ।‘इतिहासको रक्षा गर्दै, सम्पूर्ण नेपालीलाई एक गराउन हामीले एकिकरण पदयात्राको अवधारणा ल्याएका हौं,’ नेपाली सेनाको पश्चिम क्षेत्रका पृतना पति बिनयबिक्रम राणाले भन्नुभयो, ‘यसले एेहितासिक पर्यटनको संभावना उजागर गरेको छ ।’
तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोलाई समेटेर एकीकरण पदमार्ग निर्माण गरिएको छ । पुस २७ गते सिंहदरबार अघि मनाइने पृथ्वीजन्यतीमा सहभागी हुन काठमाण्डौं पुग्ने टोलीलाई मंगलबार गोरखा दरबार परिसरमा रहेको हनुमान चौतारीमा एक कार्यक्रम गरी बिदाइ गरिएको छ ।