काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी कमिटीका सदस्य गणेश शाहले सरकार कम्युनिस्टको हुने तर सरकारमा हालीमुहाली भने दलाल र पुँजीपतिहरू हुने अवस्था परिवर्तन गर्नुपर्ने बताएका छन्। ४३ औँ पुष्पलाल दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मजदुर किसानको आवाज सुन्ने सरकार चाहिएको बताए। कम्युनिस्टहरुबीच सके एकता नभए तालमेलको आवश्यकता रहेकोमा उनको जोड थियो।