काठमाण्डाै - नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि चीन जानुभएको छ । हिमालयन एअरलाइन्सको कार्गो जहाजमार्फत पुन पत्नी ओनसरी घर्तीका साथ चीन जानुभएको हो। नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जानुभएको छ ।
पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनमा रहेकाे थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थियो । स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गएकाे १३ असोजमा थाइल्यान्डकाे बैङ्ककमा रहेको समितिभेज अस्पताल लगिएको थियो ।
दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि प...