नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कैलाली पुगेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट विरुद्ध खनिएका छन् ।
धनगढीमा शनिवार आयोजित विरोध सभामा प्रचण्डले भट्टमाथि आरोप लगाउँदै आफूले हुर्काएको व्यक्ति दलालको पनि दलाल भएको टिप्पणी गरेका हुन् ।
नेकपा विभाजनमा भट्ट प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेका थिए ।
‘मैले हुर्काएको मान्छे, मैले पनि सुदूरपश्चिमको नायक भन्थेँ । कता हो कता सोच्नै नसक्ने गरी गए । पटक पटक मन्त्री बनाएँ, अहिले त उनी...