सिभिल सहकारी संस्था ठगी गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोग लागेका व्यवसायी इच्छाराज तामाङसँग जोडिएका थप ३५ जना पनि अनुसन्धानको दायरामा परेका छन् । तामाङ, उनको परिवार र उनी संलग्न कम्पनीको कारोबारमा जोडिएको पाइएका व्यक्तिहरू सम्पत्ति शुद्धीकरणमा संलग्न हुन सक्ने देखिएपछि अनुसन्धानको दायरामा परेका हुन् । सिभिल सहकारी संस्था ठगी प्रकरणमा जोडिएका तामाङ तथा उनको परिवार र सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ र उनको परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो