ग्लोबल आइएमई बैंकका २ नयाँ शाखारहित बैंकिङ

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेपलाञ्चोकको दाप्चाबजार र ताप्लेजुङको सिन्वामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैंकले काभ्रेको नमोबुद्ध नगरपालिका– ८ दाप्चाबजार र ताप्लेजुङको फाक्ताङलुङ गाउँपालिका–३ सिन्वामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैंकको भकुन्डेबेंसी शाखाअन्तर्गत रहने गरी दाप्चाबजारमा खोलिएको सेवाका लागि कृष्णकुमार श्रेष्ठ र ताप्लेजुङ शाखाअन्तर्गत रहने गरी सिन्वामा खोलिएको सेवाका लागि प्रेमप्रसाद निरौलालाई प्रतिनिधि नियुक्त गरेको छ । शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका नागरिकले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जा ब्याज भुक्तानी, रेमिट्यान्सलगायत सेवा सेवा लिन सकिनेछ । बैंकले हाल २८२ शाखा, २५२ एटीएम, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा विस्तार

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यी नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध भएका छन् । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६२ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन […]

ग्लोबल आइएमई बैंकले ल्यायो ह्याप्पी आवर्स योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि ह्याप्पी आवर्स योजना सार्वजनिक गरेको छ । बैंकले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउने योजना ल्याएको हो ।  मोबाइल बैंकिङ एप्लिकेसन...

ग्लोबल आइएमई बैंक युरोमनी अवार्ड फर एक्सलेन्स, २०२२ बाट सम्मानित

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिडेट “युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित भएको छ। बेलायतको लण्डनमा बुधबार आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका हुन्। सन् १९९२ मा स्थापित यो अर्वाड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड […]

ग्लोबल आइएमई बैंक र गेटवे पेमेन्ट सर्भिसबीच सम्झौता

ग्लोबल आइएमई बैंकले पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रा.लि)सँग सम्झौता गरेको छ ।नेपाल र भारत भित्रका ग्राहकलाई क्युआर सुविधा सुचारु गर्नका लागि सम्झौता गरिएको बैंकले जनाएको छ । सम्झौताअनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरूलाई सामान खरिद गर्दा क्यूआर मार्फत ‘भारत पे’ ‘पेटीएम’ ‘गुगल पे’ लगायतका विभिन्न […]

ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता

ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच आईसीएफसी फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।उत्तसम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव महाप्रबन्धक कल्याण विक्रम पाण्डे र आईसीएफसी फाइनान्सको तर्फबाट नायव महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार आईसीएफसी फाइनान्सका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा […]

ग्लोबल आइएमई र कामना सेवा विकास बैंकबीच समझदारी

कामना सेवा विकास बैंकलाई ग्लोबल आइएमई बैंकले गैरकोषमा आधारित बैंकिङ सुविधा दिने भएको छ । ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर...

ग्लोबल आइएमई बैंक–आईसीएफसी फाइनान्स सम्झौता

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच उक्त फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउन समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका नायब महाप्रबन्धक कल्याणविक्रम पाण्डे र आईसीएफसी फाइनान्सका नायब महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरे । सम्झौताअनुसार आईसीएफसी फाइनान्सका ग्राहकले आफ्नो व्यवसायलाई आवश्यक पर्ने गैरकोषमा आधारित प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा ग्लोबल आइएमई बैंकमार्फत उपभोग गर्न सक्नेछन । दुई संस्थाबीच निक्षेप संकलन, रेमिट्यान्स, अन्तरबैंक कारोबार, निर्देशित लगानी, कन्सोर्टियम फाइनानसिङ र एफएक्स म्यानेजमेन्टलगायत सेवामा सहकार्य हुनेछ । हाल ग्लोबल आइएमई बैंकले २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ । आईसीएफसी फाइनान्सले २० शाखा, १८ एटीएम र १ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

ग्लोबल आइएमई बैंकको तिज क्यासब्याक योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले कुशेऔँसी तथा हरितालिका तिजको अवसर पारेर विशेष क्यासब्याक योजना ल्याएको छ । मोबाइल बैंकिङ एप्लिकेसन, क्युआर पेमेन्ट एवं डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले...

ट्राफिक जरिबाना ग्लोबल आइएमई बैंकबाट भुक्तानी गर्न सकिने

ग्लोबल आइएमई बैंकले चितवन जिल्लाको ट्राफिक जरिबानाबापत बुझाउनुपर्ने रकम बैंकिङ प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।ग्लोबल आइएमई बैंक र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारीअनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिबाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ ।चितवनमा आयोजित एक विशेष कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले उक्त […]