ग्लोबल आइएमई बैंक र गेटवे पेमेन्ट सर्भिसबीच सम्झौता

ग्लोबल आइएमई बैंकले पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रा.लि)सँग सम्झौता गरेको छ ।नेपाल र भारत भित्रका ग्राहकलाई क्युआर सुविधा सुचारु गर्नका लागि सम्झौता गरिएको बैंकले जनाएको छ । सम्झौताअनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरूलाई सामान खरिद गर्दा क्यूआर मार्फत ‘भारत पे’ ‘पेटीएम’ ‘गुगल पे’ लगायतका विभिन्न […]

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंक र पेमेन्ट नेपाल सम्झौता

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले नेपाल–भारतका ग्राहकलाई मोबाइल बैंकिङमार्फत भारत पे, पे टाइम, गुगल पेलगायत भारतीय भुक्तानी प्रणाली कारोबारका लागि क्यूआर सुविधा सञ्चालन गर्न पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) सँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकको मोबाइल बैंकिङ पीकेग्लोबल स्मार्ट प्लस प्रयोग गरी भारतमा आफ्ना ग्राहकलाई सामान खरिद गर्दा क्यूआरमार्फत भारत पे, पे टाइम, गुगल पेलगायत विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिनेछ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र पेमेन्ट नेपालका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरे । सेवा सञ्चालनमा आएपछि नेपाल र भारतबीचको सीमा वारपार भुक्तानी सम्भव हुने बैंकले बताएको छ । अब भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी प्रदायकको भुक्तानी सेवाबाट नेपालीर भारतीय व्यापारीबीच क्यूआर पेमेन्टमार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिनेछ । बैंकका ग्राहकले पनि भारतीय व्यापारीलाई यही सुविधा प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् । ग्राहकले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवाप्रदायकबाट ग्लोबल आईएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न सक्नेछन् । हाल बैंकले २८९ शाखा, २५४ एटीएम, २७४ शाखारहित इकाइ, ४९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।