जथाभावी बालुवा उत्खननले रौतहटको लालबकैया नदीका २ पुल भासिने खतरा

ऋषि निर्माण सेवाले जथाभावी बालुवा उत्खनन गर्दा रौतहटस्थित लालबकैया नदीको २ वटा पुल भासिने जोखिम बढेको छ । कटहरिया नगरपालिकाबाट नदीको ठेक्का लिएका उक्त निर्माण सेवाले जेसिबी प्रयोग गरेर जथाभावी बालुवा उत्खनन गर्दा कटहरिया र गर्जाघाट बकैया नदीको पुल भासिने जोखिम बढेको हो ।अहिले एका बिहानैदेखि जेसिबी प्रयोग गरेर ठेकदार ब्रह्‍म नारायण यादवका मानिसहरु कटहरिया पुल देखि मात्र ५० मिटर दक्षिण र गर्जापुलको दुबै तर्फ मात्र १ सय मिटर टाढा बाट दैनिक सैयौं टिपर,ट्याक्टर बालुवा ढुवानी गरिरहेका छन् ।&nb

सम्बन्धित सामग्री

गिट्टीमा परिणत हुँदै कालीगण्डकी क्षेत्रका शालिग्राम

म्याग्दी  : अवैधरूपमा नदीदोहनका कारण बहुमूल्य शिला शालिग्राम गिट्टीमा परिणत हुन थालेको छ। नदीको वातावरणीय र पारिस्थितिक स्थितिमा नै खतरा उत्पन्न हुनेगरी भइरहेको नदी दोहनका कारण कालीगण्डकी नदीको जलचक्र प्रणाली पनि खल्बलिन पुगेको वातावरण संरक्षणकर्मी बताउँछन्। अवैधरूपमा भइरहेको नदी दोहनले मानव जाति र प्रकृतिमाथि संकट निम्ताइरहेको उनीहरू बताउँछन्।नदीबाट जथाभावी डोजर र स्काभेटरको प्रयोग गरी गिटी, बालुवा र ढुङ्गा शालिग्राम शिला गिट्टीमा परिणत हुँदै गएका शालिग्रामका अध्यता रंगराज आ

चुरे संरक्षणमा चुनौती बन्दै क्रसर उद्योग

धनुषा । वन, वनस्पतिलगायत जैविक विविधताका दृष्टिकोणले समृद्ध मानिने चुरे शृंखलाबाट बग्ने नदीनालाको अत्यधिक दोहनले चुरे क्षेत्रको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । जथाभावी ढुंगा, गिट्टी र बालुवा उत्खनन गरेपछि चुरे जोखिमा परेको हो । चुरे जैविक र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण र उपयोगी मानिन्छ । हावापानी समशीतोष्ण भएकै कारण चुरेमा विभिन्न वन्यजन्तुका साथै साल, सिसौं, खयर, अमला, हर्रो, बर्रोलगायत औषधिजन्य बिरुवा प्रशस्त पाइन्छन् । जैविक विविधता तथा प्राकृतिक सम्पदाले धनी मानिएको चुरे कमजोर भू–बनोटका कारण संवेदनशील क्षेत्रका रूपमा चिनिन्छ । बढ्दो जनघनत्वका कारण वन पैदावारमा अत्यधिक चाप बढेपछि चुरे क्षेत्रमा वन विनाश बढेको छ । क्षयीकरणले पर्यावरणीय समस्यासमेत देखिएको छ । सरकारले चुरे संरक्षणका लागि प्रत्येक वर्ष लाखौं खर्च गर्ने गरे पनि वन, जंगल र खोला किनारमा अवैध रूपमा क्रसर उद्योग सञ्चालन गर्दा यसको संरक्षण चुनौतीपूर्ण बनेको छ । धनुषा र महोत्तरीको सिमानामा पर्ने रातु खोला वरिपरि मात्र पाँच क्रसर उद्योग अवैध रूपमा सञ्चालित छन् । सरोकारवाला निकाय यसलाई रोक्न गम्भीर नेदेखिँदा वन विनाश अत्यधिक बढेको छ । क्रसर उद्योग सञ्चालकले नदी खोलाबाट जथाभावी ढुंगा, बालुवा र गिट्टी उत्खनन गर्दा तटबन्धसमेत जोखिममा छन् । किसान नगरकी रिता भट्टराई जथाभावी बालुवा झिक्दा तटबन्ध भत्किने खतरा बढेको बताउँछिन् । घरेलु तथा साना उद्योग कार्यालयले क्रसर उद्योग सञ्चालन गर्दा तोकेको मापदण्डअनुसार खोला किनार तथा राजमार्गदेखि पाँच सय मिटर टाढा हुनुपर्ने, शिक्षण संस्था, स्वास्थ्य संस्था, सांस्कृतिक पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज, आरक्ष र घनाबस्तीदेखि दुई सय मिटर तथा चुरे क्षेत्रदेखि एक किलोमिटर टाढा हुनुपर्ने व्यवस्था गरेको छ । तर सो मापदण्ड पूरा नगरी क्रसर उद्योग सञ्चालनमा छन् । घरेलु तथा साना उद्योग कार्यालयले त्यसतर्फ चासो नदिँदा समस्या भएको स्थानीयवासीको गुनासो छ । नदी तथा खोला उत्खनन गरी ढुंगा, गिट्टी र बालुवा जिल्लाबाहिर तथा भारततर्फ निकासी गरिँदै आएको छ । स्थानीय तहले आम्दानीको लोभमा नदी तथा खोला ठेक्का लगाउने गरेका छन् । अन्धाधुन्ध चुरे उत्खनन बढेपछि नदी तथा खोलाको बहाव परिवर्तन हुने गरेको छ । रासस

मासिँदैछन् कालीगण्डकीका बहुमूल्य शालिग्राम

म्याग्दी : कालीगण्डकी नदीमा मात्रै पाइने बहुमूल्य शिला शालिग्राम अवैधरुपमा गरिएको व्यापक नदीदोहनका कारण मासिँदै जान थालेका छन्।नदीको वातावरणीय र पारिस्थितिक स्थितिमा नै खतरा उत्पन्न हुने गरी भइरहेको नदीदोहनका कारण कालीगण्डकी नदीको जलचक्र प्रणाली पनि खल्बलिन पुगेको वातावरण संरक्षणकर्मीले बताएका छन्।अवैध र मनपरी तवरबाट भइरहेको नदीदोहनले मानव जाति र प्रकृतिमाथि सङ्कट निम्ताइरहेको संरक्षणकर्मीहरूको भनाइरहेको छ।नदीबाट जथाभावी डोजर र स्काभेटरको प्रयोग गरी गिटी, बालुवा र ढुङ्गा निकाल्दा धार्मिक र आर्थि