तापक्रम निरन्तर घट्ने क्रममा

काठमाडौं : देशभर चिसो बढ्दै गएको छ। सबैजसो क्षेत्रमा न्यूनतम तापक्रम घट्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको सबैभन्दा कम विन्दुमा झरेको छ।  बिहानको तापक्रम ९ दशमलब ७ डिग्री सेल्सियस मापन गरिएको छ। तापक्रम घट्दै जाँदा हिमाली भू–भागका हिमपात हुन थालेको छ। शनिबार पनि केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। त्यसैले पर्वतारोहण र पद यात्रा गर्दा विषेश सावधानी अपनाउन उसले आग्रह गरेको छ। शनिब

सम्बन्धित सामग्री

जापानमा बेमौसमी तापक्रम बढ्यो

टोकियो – उत्तरी जापानका विभिन्न स्थानहरूमा फेब्रुअरी शुरु भएसँगै दिनको समयमा तापक्रम एक्कासि बढेको छ । दक्षिण क्षेत्रबाट न्यानो हावा बहदा सोमबार जापानभर तापक्रम एक्कासि बढेको मौसम निकायले जनाएको छ । होक्काइडोको मोम्बेत्सु शहरमा तापक्रम बढेर १७.१ डिग्री सेल्सियस पुगेको छ । सो तापक्रम सामान्यतया जुन महिनाको अन्त्यमा अनुभव हुने तापक्रम हो । यसै बीच […]

काठमाडौंको तापक्रम यस वर्षकै कम

काठमाडौं, ८ माघ।काठमाडौंको न्यूनतम तापक्रम सोमबार(आज) वर्षकै कम मापन गरिएको छ।आज बिहान पौने ९बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम हो।यो वर्ष यसअघि काठमाडौंको कम तापक्रम गएको पुस २०गते मापन गरिएको थियो।पुस २० गते बिहान पौने ९बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो।

हिमालमा पनि बढ्यो तापक्रम

काठमाडौं, जेठ २८ । नेपालको हिमाली भेगको तापक्रम वृद्धितर्फ अग्रसर हुन थालेको छ । पूर्वदेखि पश्चिम नेपालसम्मको उच्च हिमाली भेगमा विगत केही दिनयता तापक्रम बढ्दा न्यानो महसुस हुन थालेको छ । जल तथा मौसम विभागका अनुसार पहाडको तुलनामा कम भए पनि हिमाली भेगका लागि न्यानो महसुस हुनु पनि तापक्रम बढ्नु हो । मौसम पूर्वानुमान महाशाखाका […]

देशभरको तापक्रम घट्यो : काठमाडौंको तापक्रम सातामै चार डिग्रीले झर्‍यो

काठमाडौं उपत्यकाको तापक्रम एक सातामै चार डिग्रीले घटेको छ । पुस पहिलो साताबाट देशभर चिसो बढ्न थालेकामा काठमाडौंमा न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियससम्म झरेको छ । ६ पुसमा काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री...

न्यूनतम तापक्रम लगातार घट्दै, जुम्ला र जोमसोमको तापक्रम माइनसमा

काठमाण्डाै - देशभरको न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको बिहान पाैने ६ बजेको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । हिजोको सात डिग्री सेल्सियस थियो । काठमाण्डौसँगै देशभरको न्यूनतम तापक्रम घट्न थालेको छ । जुम्ला र जोमसोमको न्यूनतम तापक्रम माइनसमा छ  । हिजोको जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ८ डिग्री सेल्सियस  थियो । यस्तै, जोमसोमको माइनस ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। आजको न्यूनतम तापक्रम पौने ९ बजे मात्रै आउने मौसमविद् गोविन्दकुमार झाले बताउनुभयो । उहाँका अनु...

क्रमिकरूपमा तापक्रम घट्दै

काठमाडौँ,३० कार्तिक । जल तथा मौसम विज्ञान विभागले तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावनासमेत देखिएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । केही दिनयताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न […]

काठमाण्डौको अधिकतम तापक्रम घट्यो

काठमाण्डौ – काठमाण्डौ अधिकतम तापक्रम घटेको छ । मौसम बदली हुन थालेसँगै अधिकतम तापक्रम घट्न थालेको हो । अस्ति २५ डिग्री सेल्सियस रहेको अधिकतम तापक्रम हिजो २४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । गएको सोमवार अधिकतम तापक्रम २६ डिग्री सेल्सियस थियो । आजको तापक्रम पनि २४ देखि २५ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान गरिएको छ । न्यूनतम तापक्रम भने केही दिन यता १२ डिग्री सेल्सियसको हाराहारीमा छ । आज पनि पहाडी क्षेत्रको मौसम हल्कादेखि सामान्य बदली हुने अनुमान गरिएको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्ड...

नेपालको तापक्रम बढ्दो

काठमाडौं : नेपालमा पछिल्ला दिनमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरूले सुझाएका छन्।सोमबारसम्म मौसम विज्ञान विभागको रेकर्डअनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको उल्लेख गर्दै उनले केही दिन तापक्रम वृद्धि निरन्तर बढ्नसक्ने बताए। जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले तराईमा ४० डिग्री वा सोभन्दा बढी तापक्रम पुग्यो भने र पहाडमा ३० डिग्री भन्दामाथि तापक्रम पुगेको अवस्थामा तातो हावा आउने उल्लेख गरे।मंगलबार न्यूज एज

काठमाडौंको तापक्रम अझै घट्न सक्ने

काठमाडौं उपत्यकाको तापक्रम २.६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।यसअघि शुक्रबार काठमाडौँ उपत्यकाको तापक्रम ३.४ डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको विभागका मौसमविद् प्रतिभा मान्नधरले बताइन् ।अबको […]

काठमाण्डौको न्यूनतम तापक्रम बढ्यो

काठमाण्डाै – काठमाण्डौको न्यूनतम तापक्रम आज बढेको छ । हिजो घटेर ८ डिग्री सेल्सियसमा झरेको न्यूनतम तापक्रम आज भने बढेको हो । मौसमविद् राजु प्रधानांगका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।  गएराति आकाशमा बादल लागेकाले तापक्रम बढेको हो । यस्तै, आज अधिकतम तापक्रम पनि बढ्ने पूर्वानुमान गरिएको छ । आज अधिकतम तापक्रम २१ देखि २४  डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको उहाँले बताउनुभयो । हिजोको अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री सेल्सियस थियो । यस्तै, अहिले काठम...