प्रधानमन्त्रीको भारत भ्रमणअघि लगानी बोर्डका ७ निर्णय : भारतीय लगानीका जलविद्युतको पनि निर्णय

काठमाडौं । लगानी बोर्डको ५०औं बैठकले सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन एवं व्यवस्थापनका लागि १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बिहीवार सम्पन्न बैठकले उक्त लगानी स्वीकृत गरेको हो ।  बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्न समझदारी गरी विस्तृत सम्भाव्यता अध्ययनका लागि डीआईएजी इण्डष्ट्रिज जीएमबीएच जर्मनीलाई अनुमतिपत्र दिने निर्णय पनि गरेको बोर्डले जनाएको छ । त्यसैगरी, बैठकले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाका सम्बन्धमा प्रस्तावक कम्पनीले पेश गरेको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरेको छ । त्यसैगरी, माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनको म्याद थपसम्बन्धी विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदनको आधारमा विकासकर्तासँग वार्ता गरी समझदारीको निमित्त बोर्ड बैठकमा पेश गर्न बोर्ड कार्यालयलाई निर्देशन दिइएको छ । बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास तथा लगानीको ढाँचा र अरुण ३ जलविद्युत् परियोजनाबाट प्राप्त हुने निःशुल्क ऊर्जा विक्री तथा सो बाहेकको अतिरिक्त ऊर्जा खरीद गर्ने विषयमा विस्तृत अध्ययन गरी बोर्डमा प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा दुई छुट्टाछुट्टै अध्ययन समिति गठन गरेको बोर्डको विज्ञप्तिमा उल्लेख छ । बैठकले लगानी बोर्ड कोष स्थापनासम्बन्धी तथा सार्वजनिक निजी साझेदारी अवधारणाको डिजाइन–निर्माण–सञ्चालन–मर्मत (डीबीएफओएम) मोडलको अवधारणापत्र स्वीकृत गरी सोसम्बन्धी आवश्यक कानूनी तथा संस्थागत व्यवस्थाका लागि लगानी बोर्डको कार्यालय तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, बोर्डका विज्ञ सदस्यहरु हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठ लगायत उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको बोर्डले जनाएको छ । 

सम्बन्धित सामग्री

मन्त्रिपरिषद्का यी हुन् १८ निर्णय

काठमाडौँ : मन्त्रिपरिषद्को हिजो मंगलबारको बैठकले विभिन्न १८ निर्णय गरेको छ । आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त निर्णय सार्वजनिक गरेकी छिन् ।यी हुन् १८ निर्णय

यी हुन मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ– सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पूर्व मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय भएको बताएका छन् ।  देशको आर्थिक अवस्था र खर्चको बहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र […]

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, के–के भए निर्णय ?

सरकारले सबैको लागि दिगो खानेपानी तथा सरसफाई सस्टेन्बल वास फर अल आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन करिव १ अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन् । उनले सरकारले गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्वीट्जरल्याण्डबाट प्राप्त हुन

जसपाले केन्द्रको निर्णय नमान्ने, निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम

नेपालगञ्ज – जनता समाजवादी पार्टी (जसपा) बाँकेले केन्द्रले गरेको गठबन्धनको निर्णय नमान्ने भन्दै उक्त निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएको छ। आधा दर्जन केन्द्रीय सदस्यको उपस्थितिमा बिहीबार नेपालगञ्जमा बसेको जिल्ला कमिटीकाे बैठकले उक्त निर्णय गरेको हो। केन्द्रीय निर्णय अनुसार, नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसलाई मेयर र जसपालाई उपमेयर दिने गरी गठबन्धन गरिएको छ। यस्तो निर्णय बाहिर […]

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक, के–के भए निर्णय ?

सरकारले आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी दोस्रो संशोधन मापदण्ड–२०७८ स्वीकृत गर्ने निर्णय गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले शुक्रबार जानकारी दिए । यस्तै बैठकले अरुण ३ जलविद्युत परियोजनाका लागि चाहिने जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको छ।   यस्तै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालका सहभागिताका लागि अर्थमन्त्रीको ने

मन्त्रिपरिषदले गरेका यी निर्णय

काठमाडौं, २२ पौष । मन्त्रिपरिषदले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । २१ पौषमा बसेको मन्त्रिपरिषदको निर्णय बिहिबार सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्णयबारे जानकारी दिएका हुन् । कृष्णबहादुर राउतलाई सचिवमा बढुवाको निर्णय पनि गरेको छ । निजगढको कोहल्वी तेत्तिस केभी सबस्टेशन निर्माणका लागि २ बिघा जग्गा […]

मुख्यमन्त्री राईको पहिलो निर्णय : भीम आचार्यको निर्णय खारेज

१६ कात्तिक, विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद बैठकले भीम आचार्य नेतृत्वको अघिल्लो सरकारले गरेको सबै निर्णय, नियुक्ति र सरुवा पुनरावलोकन र खारेज गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले एमाले नेतृत्वको अघिल्लो सरकार असंवैधानिक भन्दै उसले गरेका निर्णय एकमुस्ट खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए […]

लुम्बिनी प्रदेश : अदालतको निर्णय कुर्ने एमालेको निर्णय

२७ साउन, बुटवल । लुम्बिनी प्रदेश सभा, एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतको निर्णयका आधारमा कसरी अघि बढ्ने भन्ने निर्णय गर्ने बताएको छ । सरकारका प्रवक्ता बैजनाथ चौधरीले अदालतको निर्णय पर्खिने र त्यसै अनुसार के गर्ने भन्ने निर्णय हुने बताए । मुख्यमन्त्रीको राजीनामाबारे बैठकमा कुरा नउठेको प्रवक्ता चौधरीले दावी गरे । मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ताव […]

दुई दिनमै उल्टियो निर्णय, सिन्धुपाल्चोकका सबै विद्यालय बन्द गर्ने निर्णय

सिन्धुपाल्चोक : बैशाख मसान्तपछि वार्षिक परीक्षा सकेर विद्यालय गर्ने जिल्ला कोभिड १९ विपद् व्यवस्थापन समितिको निर्णय दुई दिनमै उल्टिएको छ। जिल्लामा कोरोना दिनप्रतिदिन फैलिँदै गएपछि बुधबार बसेको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल लगायतलाई कोरोना संक्रमण भएपछि विद्यालय खोल्ने निर्णय उल्टाइएको हो। आज बसेको बैठकले बिहीबारदेखि गर्ने भनिएको सबै तहको परीक्षासमेत स्थगित गरेको छ। सिन्धुपाल्चोकमा वार्षिक परीक्षा सकेर मात्रै वैशाख मसा