बेलायतमा कोरोनाबाट एक लाख ६० हजार बढीको मृत्यु, आइसोलेशन सम्बन्धी नियम हट्ने

बेलायतमा महामारी सुरु भएयता कोरोनाका संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ६० हजार नाघेको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँक अनुसार हालसम्म एक लाख ६० हजार ३८ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घन्टामा थप १९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तर, राष्ट्रिय तथ्यांकको कार्यालयका अनुसार मृतक संख्या अझ बढी छ । कोरोनाका कारण मृत्यु दर्ता गरिएको प्रमाणपत्रको आधारमा भने एक लाख ८१ हजार ४२४ रहेको सरकारी तथ्यांकमा उल्लेख छ । बेलायतमा

सम्बन्धित सामग्री

भारतमा बढ्दै कोरोना संक्रमित

भारतमा कोरोनाबाट २ हजार ५ सय ४१ जना सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३० जनाको मृत्यु पनि भएको छ।अघिल्लो दिन भने २ हजार ५ सय ९३ जना सङ्क्रमित भएका थिए। भारतमा अहिलेसम्म कुल ४ करोड ३० लाख ६० हजार ८६ जना कोरोना सङ्क्रमित भएका छन्। संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५ सय २२ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ। नयाँ सङ्क्रमितमध्ये १ हजार ८३ जना नयाँ दिल्ली प्रदेशका मात्रै रहेका छन्। यो सङ्ख्या नयाँ कुल सङ्क्रमितको करिब आधा ह

बालबालिकालाई पाँच हजार सहयोग

कास्की- गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक रु पाँच हजार नगद सहयोग  प्रदान गर्नै भएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति रु ६० हजार  सहयोग प्रदान गर्न लागेको हो । गण्डकीमा स्थायी बसोबास गर्ने र कोरोनाबाट मृत्यु भएका नागरिकका सन्ततिले  रकम प्राप्त गर्नेछन् । वार्षिक […]

भारतमा ७५ दिनपछि सबैभन्दा कम ६० हजार संक्रमित भेटिए

एजेन्सी। कोरोना भाइरस संक्रमण घट्दै गएको भारतमा पछिल्लो २४ घन्टामा ७५ दिन यताकै कम अर्थात ६० हजार ४७१ जना संक्रमित भेटिएका छन् । यस्तै पछिल्लो २४ घन्टामा २ हजार ७२६ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाबाट हालसम्म ३ लाख ७७ हजार ३१ जनाको मृत्यु भइसकेको छ । संक्रमण कम भएसँगै भारतका विभिन्न राज्यमा लकडाउन खुकुलो पारिएको छ।

लुम्बिनी प्रदेशमा संक्रमितको संख्या ६० हजार नाघ्यो, मृतक संख्या एक हजारभन्दा बढी

लुम्बिनी प्रदेशमा कोरोनाबाट हालसम्म संक्रमित हुनेको संख्या ६० हजार नाघेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वैशाख ३१ गते साँझसम्म प्रदेशमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६० हजार ९६६ पुगेको छ । यस्तै मृतकको संख्या एक हजार ३५ पुगेको छ ।वैशाख ३१ गते शुक्रबार एकैदिन एक हजार ६२९ संक्रमित थपिएका छन् भने २९ जनाको मृत्य...

कोरोनाबाट २४ घन्टामा साढे ११ हजार भन्दा बढीको मृत्यु

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ११ हजार ५५३ जनाको मृत्यु भएको छ।ब्राजिलमा सबैभन्दा बढी २ हजार ८६५ जनाको मृत्यु र भारतमा सबैभन्दा बढी २ लाख ६० हजार ७७८ जना नयाँ संक्रमित थपिएका छन्। भारतमा १ हजार ४९५, अमेरिकामा ७३८, रुसमा ३९८, टर्कीमा २८८, इटालीमा ३१०, पोल्यान्डमा ६१६, मेक्सिकोमा ४८०, युक्रेनमा ४४० जनाको मृत्यु भएको छ।

कोरोनाबाट २४ घन्टामा साढे ११ हजार भन्दा बढीको मृत्यु

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ११ हजार ५५३ जनाको मृत्यु भएको छ।ब्राजिलमा सबैभन्दा बढी २ हजार ८६५ जनाको मृत्यु र भारतमा सबैभन्दा बढी २ लाख ६० हजार ७७८ जना नयाँ संक्रमित थपिएका छन्। भारतमा १ हजार ४९५, अमेरिकामा ७३८, रुसमा ३९८, टर्कीमा २८८, इटालीमा ३१०, पोल्यान्डमा ६१६, मेक्सिकोमा ४८०, युक्रेनमा ४४० जनाको मृत्यु भएको छ।

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । यससँगै २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३९ जना पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत रहेको गैरआवासीय नेपाली सङ्घ ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताए । सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब र कतारमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक सङ्क्रमण देखिएको हो ।

कोरोनाबाट विदेशमा दुई नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को संक्रमणबाट विदेशमा यो साता थप दुईजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको संक्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना भाइरस संक्रमणले निधन हुने नेपालीको संख्या ३३५ जना पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १२१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार ४३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ५७ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ७२ हजार ६१४ जना छ भने दुई लाख ६८ हजार ९२९ जना अर्थात् ९८ प्रतिशत कोरोनाबाट मुक्त भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संक्रका प्रेस संयोजक चिरन शर्माले जनाउनुभएको छ । धमाधम खोप लगाइँदै पछिल्लो समय अमेरिकामा पाँच हजारभन्दा बढी नेपाली मूलका समुदायले खोप लगाएका छन् । स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्स, ज्येष्ठ नागरिक र पहिले कोराना सङ्क्रमण भइसकेकाहरुले खोप लगाएका हुन् । यस्तै बेलायतमा रहेका नेपाली समुदायका एक हजारभन्दा बढीले खोप लगाइसकेका छन् । डा बोधराज सुवेदीका अनुसार युरोपमा दुई हजार ५०० नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । यसैबीच विभिन्न चिकित्सकीय अध्ययनले कोरोनाको नयाँ भेरियन्टको संक्रमणमा पनि हाल बजारमा आएका खोपहरु प्रभावकारी रहेको बताएका छन् ।(रासस)

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो

११ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ …