भारतमा काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सरकारले सार्वजनिक गरेको भन्दा आठ गुणासम्म धेरै रहेको एक अध्ययनले देखाएको छ ।
भारत सरकारले कोरोनाको दोस्रो लहर अर्थात् गएकाे वर्षको नोभेम्बरसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या चार लाख ६० हजार जना भएको दाबी गरेको थियो । तर गएको नोभेम्बरसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० लाख २० हजारदेखि ३० लाख ७० हजार जनाको बीचमा रहेको फ्रान्सको एक शैक्षिक संस्थाका जनसङ्ख्याविद् क्रिस्टाेफ गुइलमोटोको अध्ययनलाई उद्धृत गर्दै 'द टेलिग्राफ...