काठमाडौं : बाल सुधारगृहमा लगातार झडप हुन थालेको १८ महिना पुग्यो । २०७९ असार ६ गते रूपन्देहीको बाल सुधारगृहमा झडप भएपछि समस्या शुरु भएको हो। डेढ वर्षमा विभिन्न ६ बाल सुधागृहमा झडप भएका छन् । भक्तपुरमा सुधारगृह नै तोडेर बालबालिका भागेका थिए। क्षमताभन्दा बढी बालबन्दी राखिएकाले अधिकांश बालगृहमा झडप हुने गरेको पाइएको छ।शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, देशका ९ वटा बाल सुधारगृहको क्षमता ५७५ भए पनि ती गृहमा एक हजार १६० बालबालिका छन्। युसेप नेपालका निर्देशक केशव सुवालले ३० वर्षसम्मका य