सप्तरी। सप्तरीमा किशोरीमाथि भएको सामूहिक बलात्कार घटनाका तीन आरोपित नाबालकलाई बालसुधार गृह पठाइएको छ। सप्तरी जिल्ला अदालतको आदेशमा उनीहरूलाई बिहीबार बालसुधार गृह वीरगञ्ज पठाएको हो।
सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले आरोपित शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय सुरेश भनिने सुरैतलाल रामलाई भने पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको छ।