गत फागुनसम्म सहकारी क्षेत्रमा ४ खर्ब ७८ अर्ब ११ करोड बचत परिचालन हुँदा ४ खर्ब ५ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । मुलुकभर ३१ हजार ४ सय ५० वटा सहकारी संस्था छन् ।
१२ चैत, काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालमा ब्याज बाहेक नै बैंकहरुको करिब ५ अर्ब ५७ करोड कर्जा रहेको खुलेको छ । प्रसाईंलगायतको लगानीका ती कम्पनीमा ८ वटा बैंक तथा वित्तीय संस्थाको ५ अर्ब ५७ करोड कर्जा रहेको नेपाल राष्ट्रबैंक स्रोतले जनायो । प्रसाईंले मुख्य रुपमा यी […]
राष्ट्रिय वाणिज्य बैंकको आव.२०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु.५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको बैंकले जनाएको छ । आव २०७८/७९ को बैंकको खुद ब्याज आम्दानी रु.९ अर्ब ६७ करोड (गत वर्ष रु.८ अर्ब २४ करोड), कुल संचालन आम्दानी रु.११ अर्ब २७ करोड (गत वर्ष रु.९ अर्ब ७६
काठमाडौं । चैतमा वाणिज्य बैंकहरूको निक्षेप डेढ अर्ब रुपैयाँले वृद्धि हुँदा कर्जा प्रवाह भने साढे ५ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरूको निक्षेप ४१ खर्ब ३२ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा चैत २५ गते ४३ खर्ब ३४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकहरूको कर्जा प्रवाह भने साढे ५ अर्ब रुपैयाँले बढेको छ । फागुनसम्ममा ४१ खर्ब ७१ अर्ब ९९ करोड रहेको कर्जा प्रवाह वृद्धि भई चैत २५ गतेसम्ममा ४१ खर्ब ७७ अर्ब ३९ करोड रुपैयाँ पुगेको संघले जानकारी दिएको छ ।
बैंकहरूले फागुनदेखि निक्षेपको ब्याजदर वृद्धि गरे पनि निक्षेप वृद्धि हुन सकेको छैन । तर, पहिल्यै सम्झौता भएका ससाना कर्जा प्रवाह गर्दा लगानी वृद्धि भएको हो ।
तरलता अभावका कारण बैंकहरूले अनिवार्य नगद मौज्दात (सीआरआर) कायम गर्न पनि राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा लिँदै आएका छन् ।
सोमवार एकै दिन बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब ९९ करोड ४० लाख रुपैयाँ स्थायी तरलता सुविधा लिएका छन् । ७ दिन अवधिको यो सापटी लिँदा बैंकहरूले वार्षिक ७ प्रतिशतका हिसाबले ब्याज तिर्नुपर्छ ।
बैंकर्स संघको तथ्यांक विश्लेषण गर्दा चैतको पहिलो, दोस्रो र तेस्रो साताको तुलनामा चौथो साता आइपुग्दा बैंकहरूको निक्षेप संकलनमा सुधार देखिएको छ । पहिलो साता ५ अर्ब रुपैयाँ निक्षेप घटेकोमा दोस्रो साता २ अर्ब र तेस्रो साता १ अर्ब रुपैयाँले वृद्धि भएको छ । चौथो साता आइपुग्दा भने ऋण लगानीको तुलनामा निक्षेप संकलन बढी छ । चौथो साता बैंकहरूले ४ अर्ब निक्षेप संकलन गर्दा २ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् ।
समस्या क्षणिक हो, धैर्य गर्नुहोस् : कामु गभर्नर
राष्ट्र बैंकका कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले तरलता समस्या क्षणिक भएको भन्दै धैर्य गर्न सरोकारवालालाई आग्रह गरेकी छन् । तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा सोमबार उनले भनिन्, ‘तरलताको समस्या समाधान गर्न छलफल भइरहेको छ, धेर्य गरौं, छिट्टै समाधान हुनेछ ।’
बैंकिङ प्रणालीमा भएको तरलता अभाव र ब्याजदरको उतारचढावले समग्र अर्थतन्त्र र सर्वसाधारणले पीडा भोग्नुपरेको भन्दै समस्या छिट्टै समाधान हुने तिम्सिनाले बताइन् । ‘समग्र बैंकिङ क्षेत्र नै तरलताको चापमा छ । बैंकहरूमा पर्याप्त लगानीयोग्य रकम छैन । ब्याजदरको समेत समस्या छ,’ उनले भनिन् ‘व्यापारको पनि चक्र हुन्छ भन्ने बुझेर धैर्य हुनु आवश्यक छ । निश्चिय नै स्थिति सुधार हुन्छ ।’
तिम्सिनाले लघुवित्त ग्रामीण विकासको मुख्य आधार भएको उल्लेख गर्दै यसबाट लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैंगिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानता कम गर्न मद्दत गरेको बताइन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सम्मेलन आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त संस्थामा विचलन आएको र कमाउ धन्दामा लागेको बताए । ‘नाफा कमाउने होडमा लघुवित्त संस्थाहरू लागेको देखिन्छ । यति नाफा कमाए, उति नाफा कमाए भनिएको छ,’ उनले भने, ‘त्यो लघुवित्तको सार्थकता होइन ।’
एउटै व्यक्तिले धेरैओटा संस्थाबाट कर्जा लिँदा समस्या भएको भन्दै श्रेष्ठले कर्जाको दोहोरोपना बढेको बताए । उनले लघुवित्तहरू स्वनियमनमा बस्नुपर्ने आवश्यकता औंल्याए ।
स्वावलम्बन विकास केन्द्रको आयोजनामा भइरहेको सम्मेलनमा देशभरका ६ सयभन्दा बढी लघुवित्तकर्मीको सहभागिता छ । सम्मेलनमा लघुवित्त र उद्यमशीलताका विभिन्न विषयमा छलफल तथा अनुभव आदानप्रदान हुने केन्द्रका उपाध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए ।
राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाको सेवा देशका ७७ ओटै जिल्लामा पुगेको छ । तिनले ४ हजार ९८५ शाखामार्फत सेवा दिइरहेका छन् । गत पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाको सदस्य संख्या ५६ लाख २२ हजार पुगेको छ । त्यसमा पुरुषको संख्या १ लाख ५१ हजार मात्र छ ।
फागुुन ३०, काठमाडौं । आइतवार बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाबाट फागुन २९ गते एकै दिन ५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो । फागुन २७ गते शुक्रबारसम्म ४६ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा आइतवार २ अर्बले बढेर कुल ४६ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
त्यस्तै शुक्रवारयता बैंक तथा वित्तीय संस्थामा थप २ अर्ब रुपैयाँ निक्षेप संकल भएको छ । शुक्रवारसम्म निक्षेप संकलन ४८ खर्ब ९१ अर्ब रुपैयाँ भएको थियो । आइतवार वित्तीय क्षेत्रमा ४८ खर्ब ९३ अर्ब रुपैयाँ संकलन भएको थियो ।
यसैगरी कर्जा प्रवाह बढेसँगै सीडी रेसियोमा चाप परेको छ । निक्षेप संकलनमा कमी आएको समयमा कर्जा प्रवाह बढ्दा सीडी रेसियोमा चाँप परेको हो । राष्ट्र बैंकका आइतवारसम्म सीडी रेसियो ९० दशमलव ५६ प्रतिशत रहेको छ । यो गत शुक्रवारका तुलनामा शून्य दशमलव शुन्य ९ प्रतशितले वृद्धि भएको हो । शुक्रवार सीडि रेसियो ९० दशमलव ४७ प्रतिशत रहेको थियो ।
पछिल्लो साता विकास बैंकहरुमा कर्जा मागको दर ह्वात्तै बढेको छ । अघिल्लो साताको तुलनामा यससाता बैंकहरुको कर्जा लगानी करिब दोब्बर बढीले वृद्धि भएको हो । डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले बुधबार सार्वजनिक गरेको रिपोर्टअनुसार गत भदौ २६ गतेदेखि असोज १ गतेसम्ममा राष्ट्रिय स्तरका विकास बैंकहरुको कर्जा लगानी ५ अर्ब ३९ करोडले बढेर तीन खर्ब ७४ अर्ब १९ करोड पुगेको हो । जबकि गत हप्ता बैंकहरुले जम्मा २ अर्ब ८९ करोड मात्र कर्जा लगानी गरेका थिए । एसोसिएसनका अनुसार यस्तो कर्जा लगानी बैंकहरुले गत
वाणिज्य बैंकहरुको खराब कर्जाको दर बढेर ५० अर्ब नाघेको छ । हालै मात्र जारी २७ वटा वाणिज्य बैंकहरुको वार्षिक रिर्पोट अनुसार आर्थिक वर्ष २०७७÷७८ मा बैंकहरुको खराब कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा २८ करोड ३५ लाखले थपिएर ५० अर्ब २० करोड रुपैयाँ पुगेको हो ।बैंकहरुले गत आर्थिक वर्षको असार मसान्तसम्म कुल ३६ खर्ब ९३ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सो अवधिमा बैंकहरुको खराब कर्जा अनुपात औषतमा १.३६ प्रतिशत अर्थात् ५० अर्ब २० करोड रुपैयाँ रहेको बैंकर्स संघले जनाएको छ ।यस्तै अघिल्लो आर
कोरोनाको महामारीका कारण आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी भने दोब्बरले वृद्धि भएको छ ।नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा दोब्बरले वृद्धि भएको छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६-०७७ मा ४ खर्ब ५ अर्ब कर्जा लगानी गरेकोमा आव २०७७-०७८ मा ८ खर्ब १८ अर्ब कर्जा वृद्धि भएको छ । गत […]
बाणिज्य बैंकहरुमा पछिल्लो साता निक्षेप घटेको छ । एक सातामा बैंकहरुमा ५ अर्ब रुपैयाँले निक्षेप घटेको नेपाल बैंकर्स संघले जनाएको छ । तर यस अवधिमा कर्जा लगानी भने तीन गुणाले बढेको छ । गत साता ३९ अर्ब २७ अर्ब निक्षेप संकलन पुगेको वाणिज्य बैंकहरुमा यो साता ५ अर्बले घट्दै ३९ खर्ब २२ अर्ब भएको हो । तर यता बैंकहरुको कर्जा लगानी भने एक सातामा १८ अर्ब रुपैयाँ भएको छ । गत साता सम्म बैंकहरुको कर्जा लगानी ३५ खर्ब ६५ अर्ब थियो भने यस साता ३५ अर्ब ८३ करोड छ । कर्जा लगानीले आर्थिक गतिविधि बढीरहेको सं
काठमाडौं । बाणिज्य बैंकहरुमा पछिल्लो साता निक्षेप घटेको छ । एक सातामा बैंकहरुमा ५ अर्ब रुपैयाँले निक्षेप घटेको नेपाल बैंकर्स संघले जनाएको छ । तर यस अवधिमा कर्जा लगानी भने तीन गुणाले बढेको छ । गत साता ३९ अर्ब २७ अर्ब निक्षेप संकलन पुगेको वाणिज्य बैंकहरुमा यो साता ५ अर्बले घट्दै ३९ खर्ब २२ अर्ब भएको हो । तर यता बैंकहरुको कर्जा लगानी भने एक सातामा १८ अर्ब रुपैयाँ भएको छ । गत सातासम्म बैंकहरुको कर्जा लगानी ३५ खर्ब ६५ अर्ब थियो भने यस साता ३५ अर्ब ८३ करोड छ । कर्जा लगानीले आर्थिक गतिविधि ब