शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बिदा बारेको निर्णय सोमबार गर्ने जनाएको छ। सोमबार दिउँसो मन्त्रालयमा बैठक बसेर यसको टुङ्गो लगाइने भएको छ ।
आइतबार मात्र कोभिड १९ संक्रमण व्यवस्थापन समन्वय समिति (सिसिएमसीसी) ले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो । सिसिएमसीसीको सिफारीसअनुसार सोमबार मन्त्रालयले निर्णय गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो ।