काठमाण्डाै – शिक्षा क्षेत्रका सरोकारवालाहरूले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमवार आयोजना गरेको छलफलमा उपस्थित सरोकारवालाहरूले कोरोना सङ्क्रमणको जोखिमलाई देखाएर देशभरका विद्यालय एकसाथ बन्द नगर्न सुझाव दिएका हुन् ।
उनीहरूले विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पालिका सरकारलाई दिन पनि सुझाव दिएका छन् । छलफलमा नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक ब्याञ्जुले एक ठाउँमा कोभिड सङ्क्रमणको जोखिम बढ्दा द...