काठमाण्डाै – नयाँ सरकारका लागि विपक्षी गठबन्धनले एक सय ४९ जना सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको बाबुराम–उपेन्द्र पक्षका एक सय ४९ सांसदकाे हस्ताक्षर सङ्कलन भएको छ ।
एक सय ४९ सांसदको हस्ताक्षरसहित नेताहरू शीतल निवास गएको नेपाली कांग्रेसका नेता गगन थापाले बताउनुभयो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने वरिपरि छलफल भएको भए पनि नेताहरूले यसलाई अझै छलफल गर्दै गएर टुङ्ग्याउने भन्नुभएकाले उहाँहरूले नै टुङ्ग्याउने नेता थापाले भन्नुभयो । उहाँले ...