घाँसेमैदान बाङ्गेचौरलाई रङ्गशाला बनाइने

बागलुङ : बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बागलुङकै एक मात्र ठूलो बाङ्गेचौर खेलमैदान अब रंगशालामा परिणत हुने भएको छ। कुनै बाधा अड्चन नआए खेलाडीको आशा र भरोसाका रूपमा रहेको त्यही एउटा खेलमैदान केही वर्षमै आधारभूत रङ्गशालामा परिणत हुनेछ।लामो समयदेखि रङ्गशाला बनाउने सपना देखेका बागलुङका खेलाडीले केही वर्षमै रङ्गशालामा खेल खेल्न पाउनेमा आशावादी छन्। बागलुङ नगरपालिकाले बाङ्गेचौर खेल मैदानलाई आधारभूत रंगशाला बनाउने गरी समपूरक योजना स्वीकृत गरेर ठेक्का प्रक्रियाका लागि

सम्बन्धित सामग्री

तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने भएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार सङ्घीय सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहमति प्रदान गरेको हो । राष्ट्रिय […]

राष्ट्रिय गौरवको आयोजनाका रूपमा क्रिकेट रङ्गशाला बनाइने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाका रूपमा सरकारले क्रिकेट रङ्गशाला निर्माण गर्ने बताएका छन् ।  नेपाल टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगितामा घोषणा गरिएको पुरस्कार रकम आज वितरण गर्दै उनले भने, 'क्रिकेट रङ्गशालालाई चाँडै राष्ट्रिय ग...

दाङको घोराहीमा प्रदेशस्तरीय अत्याधुनिक रंगशाला निर्माण हुने

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१६ कारौतिडाँडामा प्रदेशस्तरीय रङ्गशाला बन्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको गौरवको योजनाकै रुपमा नेत्रलाल अभागी खेलकुद रङ्गशालाको निर्माण कार्य अघि बढाएको हो । इन्डोर र आउटडोरका सबै खेल खेल्न मिल्ने गरि २७ विगाहा क्षेत्रफलमा अत्याधुनिक खेलकुद रङ्गशाला बनाइने प्रदेश सरकारको गुरुयोजना रहेको छ । अहिलेसम्म एक करोड ५६ लाख […]

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

काठमाडौं, १५ जेठ । नेपाल सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै बजेटमार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशालाका रूपमा विकास गर्दै थप चारवटा रङ्गशाला निर्माण गर्ने बताए। बजेटमा विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट […]

घाँसे मैदान बाङ्गेचौरलाई रङ्गशाला बनाइने

गलकोट, २० मंसिर । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बागलुङकै बाङ्गेचौर खेलमैदान अब रङ्गशालामा परिणत हुनेभएको छ । बागलुङ नगरपालिकाले बाङ्गेचौर खेल मैदानलाई आधारभूत रङ्गशाला बनाउने गरी समपुरक योजना स्वीकृत गरी ठेक्का प्रक्रियाको तयारी गरिरहेको छ । बागलुङ बजारमा रहेको बाङ्गेचौर खेलमैदानलाई रङ्गशाला बनाउने योजना अघिल्लो नगरकार्यपालिकाको भए पनि अझै कार्यान्वयनमा […]

युवा तथा खेलकुद क्षेत्रमा दुई अर्ब ७४ करोड रुपैयाँ बजेट

काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्षका लागि युवा तथा खेलकुद क्षेत्रमा दुई अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । युवा तथा साना व्यवसायी रोजगारमार्फत कर्जा दिएर थप १२ हजार जना युवालाई रोजगार दिइने भएको छ । राष्ट्रिय युवा परिषद्लाई थप प्रभावकारी बनाइने भएको छ । यस्तै सबै प्रदेशमा युवा नवप्रवर्तन केन्द्र स्थापना गरिने भएको छ । आउँदो वर्ष १३ हजार विद्यालयमा नेपाल स्काउट विस्तार गरिने पनि बजेटमा उल्लेख छ ।  देशमा विभिन्न ठाउँमा रङ्गशाला बनाउन बजेट विनियोजन भएको छ । एक सय ६८ पालिकामा खेल ग्रा...

रंगशालासहित सार्वजनिक स्थललाई सुविधायुक्त आइसोलेसन केन्द्र बनाइने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारका सार्वजनिक स्थललाई सुविधा सम्पन्न आइसोलेसन बनाउने  घोषणा गरेका छन्।  प्रधानमन्त्री ओलीले सोमबार देशवासीको नाममा सम्बोधनका गर्दै यस्तो घोषणा गरेका हुन्।उनले सम्बोधनमा भने,‘सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदाम घर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको छ।’त्यस्तै उनले  ठूला अस्